अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३३
| Colorodo: 19:48
तिम्रो प्रेम,जीवन हैन, मृत्युको ढोका रहेछ
क्षणभर मै बिलाउने, पानीको फोका रहेछ
थाह हुन्न, कहाँबाट आउँछ,यो अलच्छिन प्रेम
पलभर मै सखाप पार्ने, हावाको झोँका रहेछ
एक चिम्टी हाँसोको निम्ति, पलपल आफू जली
जिन्दगीभर रुनु पर्ने, सिर्फ रहस्यको पोका रहेछ
किन बनायो?, कसले बनायो? शब्द यो प्रेमको
निचोडमा, प्रेमको शाब्दिक अर्थ त धोका रहेछ
-हजरिया, सर्लाही