अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:११ | Colorodo: 09:26

भुवनको तीन तार तीनतिर सार्बजनिक

बिआरटीनेपाल २०८१ वैशाख ७ गते १४:१७ मा प्रकाशित

न्यू योर्क। भुवन सुप्तिहाङ राईको संगीतमा तीन तार तीनतिर म्युजिक भिडियो सार्बजनिक भएको छ। दुई दकशक नेपाली संगीत क्षेत्रमा क्रियाशील गायक तथा संगीतकार भुवन अमेरिकामा बसोबास गर्छन्।

म्युजिक भिडियोमा गायिका अस्मिता अधिकारी र रोम नामजालीको स्वरमा रहेको छ। गायक रोम पनि अमेरिकामै बसोबास गर्छन् । गीतमा रोमको स्वर अमेरिकामै रेकर्ड गरिएको हो भने अस्मिताको स्वर नेपालमा रेकर्ड गरिएको हो।

गीतका सर्जक आनन्द अधिकारी हुन् भने एरेन्ज थापाले एरेन्ज गरेका छन् । गीतको भिडियो निकेश खड्काको निर्देशनमा तयार भएको हो । भिडियोमा बुद्धी तामाङ र रजनी गुरुङको मुख्य भूमिका देखाइएको छ । उत्तम हुमागाईंको छायांकनमा राजकिङ वाइवाको कोरियोग्राफी रहेको छ ।

गीत युट्युब च्यालन रोलेक्स इन्टरटेनमेन्टबाट सार्वजनिक भएको हो । दश दिनमै १० लाखभन्दा बढी भ्यू पाएको यो म्युजिक भिडियो यसको शब्द र संगीतका कारण पनि चर्चित बनेको बताइन्छ । भिडियोमा युवा अवस्थाको मित्रतापछिको प्रेमलाई ग्रामिण परिवेशमा चित्रण गरेर देखाइएको छ ।

प्रतिक्रिया