अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

गजल

महेश बराल २०७८ जेठ २८ गते ८:३४ मा प्रकाशित

नयनबाटै लडाइँ लड्न यो दिल,मन्जुर भो
यति भए प्रेमको लागि मलजल, भरपुर भो

एकदुइ वर्ष मै खुब झाङ्गियो, फुल फुल्यो
अनि,लोभलाग्दो फल अर्कैलाइ,कोहिनुर भो ।

कोहिनुर पराइले लुट्यो,मेरो भागमा मोती पर्‍यो
सपनाको रङ्गिन दुनियाँ, त्यै नयनले बेनुर भो ।

तिमी लुटियौ या तिमी आफैले लुटायौ,शङ्का भो
र त, यो बेनाम सम्बन्ध तोड्न,यो मुटु मजबुर भो ।


हजरिया, सर्लाही
ज्येष्ठ २६ ,२०७८