अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१४ | Colorodo: 17:29

देउताहरु ढुङ्गा हुन

शालिकराम घले २०८१ वैशाख ७ गते १४:३२ मा प्रकाशित

कबिता

देवताहरू ढुङ्गाले बनेका हुन्छन्
देवताहरू ढुङ्गामा कोरिएका हुन्छन्
देवताहरू मुटु र मन मस्तिष्कमा बाँच्न सक्दैनन्।
देवताहरू भाव र विचारमा पोखिन सक्दैनन्!!

चिसो र तातोले छुँदैन यिनलाई
माया र प्रेमले बाध्दैन यिनलाई।
किनकी,
देवताहरु अमृत पिएर अमर हुन्छन्
मान -प्रतिस्ठाको अहम्तामा
आफै भित्र तातेका हुन्छ्न!!

तीमी घण्टी बजाउछौ,
शङ्ग फुक्छौ,
नगरा ठोक्छौ,
भजन गाउछौ,
मन्त्र फुक्छौ,
तन्त्र चलाउछौ,
मेवा- मिस्ठान्न चढाउछौ,
तर पनि
देउता बोल्दैनन्
देउता सुन्दैनन्
किनकि.
देउता ढुङ्गा हो
ढुङ्गा देउता हो!!

आँसुको विकल्प छैन,
देउताको संघारमा,
भावनाको कदर छैन,
देवताको मन्दिरमा,
बग्छन् आँसु,
बग्न देउ,
दुख्छ मुटु,
दुख्न देउ
किनकि,
ढुंगाको मुटु हुँदैन
मुटु भएको देउता हुँदैन!
देउताको मुटु हुँदैन!!

जिन्दगी रङ्गमञ्च हो,
उस्तव मनाउन जान्नुपर्छ।
जिन्दगी रौनक हो,
रमेर बाच्न सिक्नु पर्छ।
भाबहरुको सागरमा
बिन्दु भै टप्किनु पर्छ।

देवताहरू रुन सक्दैनन्
देवताहरू हाँस्न सक्दैनन्
देवताहरूको रङ्गमञ्च हुँदैन
देवताहरूको कुनै उस्तव हुँदैन।
अहमताको सगरमाथा माथी
देवताहरु मस्त हुन्छन्,
पद,पैसा र प्रतिष्टाको भुमरीमा
देउता अन्धो हुन्छन
किनकि ,
देउताहरु ढुङ्गा हुन
ढुङ्गाहरु देउता हुन!!

बकैया -09 मकवानपुर
घले गाउँ