अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

गजल

महेश बराल २०७८ चैत २९ गते २१:०६ मा प्रकाशित

तिम्रो उसको खुब चर्चा,चलिराछ बजारमा
उता मस्ती, यता पिडा,बलिराछ निधारमा

सुन्दैछु म,तिम्रो महफिल,जम्दैछ रे सहरमा
उता मस्त हाँसो,यता मुटु,जलिराछ प्यारमा

उता चन्द्रमा भेट्न, उडान भर्दैछ स्पुतनिक
यता लाचार जिन्दगी,गलिराछ सङ्घारमा

हिंड्न् ए जिन्दगी!सब बिर्सिदे भन्छु र पनि
किन त्यही धोकेबाज रूप,आइराछ हजारमा

***
बरहथवा-२, हजरिया, सर्लाही