अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन

बिआरटीनेपाल २०८१ वैशाख ७ गते १४:३५ मा प्रकाशित

उपन्यासकार गोपीराम भण्डारीको उपन्यास ‘दृष्टिपथ’ विमोचन गरिएको छ । मुक्तिनाथ दर्शन साहित्य समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उपन्यासकार भण्डारीद्धारा लिखित उपन्यास ‘दृष्टिपथ’को विमोचन गरिएको हो ।

उक्त कृतिको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)द्धय टेकप्रसाद राई, टेकबहादुर तामाङ, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्राडा खगेन्द्रप्रसाद लुईँटेल, नेपाल सरकारका पूर्व सचिव एवम् समालोचक गोपीनाथ मैनालीलगायतले विमोचन गर्नुभयो ।

कार्यक्रममा एआईजी राईले समाज रुपान्तरणमा नागरिक र प्रहरीबीचको सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले प्रहरीको व्यस्त सेवामा रहेर पनि आफ््नो साहित्यीक अभियानलाई अगाडि बढाएको भन्दै लेखकप्रति शुभकामना दिनुभयो ।

सामाजिक कामसँगै साहित्य कृति प्रकाशन गर्नु सराहनीय कार्य भएको उहाँको भनाई थियो । उहाँले प्रतिभावान कर्मचारीलाई अगाडि बढाउन नेपाल प्रहरीले काम गरिरहेको उल्लेख गर्नुभयो । एआईजी राईले नेपाल प्रहरीले आफ्नो पत्रिकामार्फत साहित्यिक कृतिलाई अगाडि बढाउँदै लगेको स्पष्ट पार्नुभयाे ।

वरिष्ठ समालोचक एवम् लघु कथाकार युवराज मैनालीले ‘दृष्टिपथ’ सामाजिक रुपान्तरणका लागि लेखिएको उपन्यास भएको बताउनुभयो । उहाँले लेखकमा साहित्यप्रति अथाह भविश्य रहेको उल्लेख गर्नुभयो ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष कलानिधी दाहाल, समाजका संरक्षकद्धय हरिभक्त सिग्देल र प्राडा अर्जुनदेव भट्ट, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक (डिआईजी) भीमप्रसाद ढकाल, वरिष्ठ पत्रकार विजय चालिसे, साझा प्रकाशनका महाप्रबन्धक भेषराज घिमिरे, सुरभी साहित्य प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेललगायतले लेखक भण्डारीको कृतिले नेपाली साहित्यमा थप इट्टा थपिएको बताउँदै आगामी दिनमा नयाँ कृति लेख्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू