अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३१ | Colorodo: 07:46

तीन मुक्तक

आचार्य प्रभा २०८० साउन २८ गते २०:४१ मा प्रकाशित

१ )

एउटा पूर्व,अर्को पश्चिम हुँदा,कहिलेसम्म घरबार चल्ने ?
बिना स्याहार रोपेको बोटमा कस्तो होला फल फल्ने ?
घर एउटा स्वच्छ मन्दिर हो,जहाँ मान्छेकै पूजा हुनु पर्छ
जुन घरमा अपनत्व हुन्न,त्यहाँ शत्रुहरू नै हुन् खुसीले जल्ने।

२)
झुटो मुस्कान छर्नेहरूकै,मुटुमा घाउको खाटा हुन्छ
जुन आँखामा खुसी देखिन्छ,त्यही आँखा बेस्सरी रुन्छ
पीडा पोखेर क्षणिक सान्त्वना मात्र त, मिल्ने हो शायद
स्वार्थी यो दुनियाँमा,कसैको दर्दले कसको मन रुन्छ ?
३)
सपना नपाल कहिल्यै पनि,आकाश छुन्छु भनेर
कसले पो सोचेको हुन्छ?पीडा देखाई रुन्छु भनेर
भोलीको दिन के कसो हुन्छ?कसले भन्न सक्छ र !
ढुक्क नपर्नु कसैले,जीवनमा सुखी मात्र हुन्छु भनेर ।