अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३७ | Colorodo: 19:52

मुक्तक

तीर्थराज अधिकारी २०७९ माघ २३ गते १६:२७ मा प्रकाशित

मलाई खुला संसार देउ आफ्नै जिन्दगी बाँच्छु
यात्रुलाई अवरोध नगरी सडकमा नाच्छु
मेरो लागि कसैले दिमाग खर्च नगरे हुन्छ
मूल बाटोमा रहेको बेकारको तगारो भाँच्छु।