अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

४ मुक्तक

महेश बराल २०७७ पुष १७ गते ६:१० मा प्रकाशित


तिम्रो मेरो प्रेमको ताल्चा हथौडाले तोडी सकेँ
निष्ठुरिको यादमा परि दाह्री पाल्न छोडी सकेँ
गुनासो छैन कसैसँग, आफ्नै रैछ खोटो भाग्य
सायद तिम्रो हुन्न अब,आफ्नै पुर्पुरो फोडी सकेँ


अरबौँको फुलहरूको बगैँचामा अबिछिन्न, तिमिलाई खोजेँ
त्यही बगैचाहरुको भिडमा सानो सुनाखरी, तिमिलाई रोजेँ
चन्द्रमा नै तिमिमै लुप्त भएसरी पहेलपुर बगैँचाकी हे !सुन्दरी
के मेरो सुषुप्त,निर्जन बगैँचामा शोभित हुन्छौ?मैले सोधेँ।


उसैलाई साथ दिने चाहाना,रैछ तिम्रो
तिम्रो यादले मर्छु भन्ने,बहाना, रैछ तिम्रो
तिम्रा साथी धेरै छन्, मेरो पो को छ र
भन्ने गर्थ्यौ सङ्गै हुँदा,सब ताना, रैछ तिम्रो


सङ्घर्षमय जीवन छ र त, मज्जा आउँछ जिउनुमा
टुक्रा टुक्रा मुटु छ र त, मज्जा आउँछ सिउनुमा
तिम्रो हरेक याद भुलाउन सजाएको प्यालामा
छछल्कियोस सराब र त, मज्जा आउँछ पिउनुमा

– बरहथवा-२, हजरिया, सर्लाही