अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२५ | Colorodo: 20:40

नेपाली घरमा नयाँ कार्य समितिको चयन (निर्वाचन) मे २६, २०२४ मा हुने

बिआरटीनेपाल २०८१ वैशाख ८ गते १६:३१ मा प्रकाशित

कोलोराडो । कोलोराडोमा रहेको सामाजिक संस्था नेपाली घरको नयाँ कार्यसमितिको चयन (निर्वाचन) आगामी मे २६,२०२४ आइतबारका दिन नेपाली घरको आफ्नै भवनमा हुने भएको छ । संस्थाले गत महिना नै ३ सदस्यीय निर्वाचन कमिटी गठन गरिसकेको छ जसमा डा. सङ्गीता श्रोत्रियको संयोजकत्वमा गठित निर्वाचन समितिका सदस्यहरूमा भूषणलाल श्रेष्ठ र कपिलदेव सुवेदी रहेका छन् । निर्वाचन आयोगले आज प्रकाशित गरेको सूचना अनुसार चुनाव आगामी मे २६ मा हुने जनाइएको छ । 

सूचना अनुसार:
अप्रिल २०, २०२४ मा चुनाव सम्बन्धी सूचना नेपाली घरको वेबसाइटमा प्रकाशित
अप्रिल २५, २०२४ निर्वाचन आयोगले भोटर लिस्ट प्रकाशित गर्ने
अप्रिल २८, २०२४: निर्वाचन आयोगले फाइनल भोटर लिस्ट प्रकाशित गर्ने
अप्रिल २९, २०२४ निर्वाचन आयोगले अनलाइन तथा म्यानुअल नोमिनेसन फर्म फाइनल गर्ने

मे ६, २०२४: निर्वाचन आयोगले नोमिनेसन फर्म लिन सुरु गर्ने
मे १२, २०२४ को राती १२ बजे सम्म नोमिनेसन दिन पाइने

मे १३, २०२४: उमेम्द्वारको नाम प्रकाशित गर्ने
मे १६, २०२४ :उम्मेदवारको नाममा कम्प्लेन हाल्ने दिन

मे १८, २०२४ : उम्मेदवार अन्तिम नाम प्रकाशित
मे २१, २०२४: उम्मेदवार विथ ड्र (फिर्ता) गर्ने दिन
मे २२, २०२४ : फाइनल उमेम्द्वारको नाम प्रकाशित

मे २६, २०२४ : निर्वाचन

CLICK HERE FOR VOTER LIST

प्रतिक्रिया