अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

मोबाइल फोन चलाउँदा अनिवार्य ध्यान दिनु पर्ने केही कुरो

शेखर ढुंगेल २०७७ मंसिर ५ गते ९:०९ मा प्रकाशित

मोबाइल फोन हातमा पर्‍यो ? अब त्यसलाई प्रयोग गर्ने तौर तरिका अर्थात् अधिकतम सदुपयोगको लागि पनि सोच्नु अनिवार्य हुन्छ जसले गर्दा प्रयोग कर्ताले स्वास्थ्य, सम्पत्ति र विवेक समेतलाई ध्यान दिनु पर्ने हुन्छ । हामीले ध्यान दिएका छैनौ अझै कि हामीले मोबाइल वा लाइन फोनबाट कति अनावश्यक खर्च व्यहोरी रहेछौ स्वास्थ्यलाई कति बेफाइदा पुर्‍याई रहेको हुन्छ कति समयलाई अनुत्पादक बनाइ खेर फाली रहेछौ । हामी मोबाइल फोनको प्रयोगमा कति सजकता अपनाई रहेछौ ? आउनुस् मोबाइल फोन प्रयोग गर्दा अपनाउनु पर्ने केही अनिवार्य सजकता तर्फ ध्यान दिऊ ।

१ -सर्वप्रथम फोनमा शिष्ट नरम र सानो आवाजमा बोल्ने गर्नुस् मोबाइलको माइक्रोफोन ज्यादै नै शक्तिशाली छ । बिस्तारै बोले पनि अर्को पक्षलाई सुन्न गाह्रो हुन्न । यस्तो व्यवहार गर्न जापनिज नागरिकहरू विश्वमै नमुना हुन् । तपाइले ठुलो आवाजमा कुरो गर्दा सँगै बसेको साथी होस् कि अपरिचित व्यक्तिहरू पनि इरिटेड हुन् सक्छन् वा हुन्छन् । अर्को महत्त्वपूर्ण कुरो तपाइको गोपनीयता पनि भङ्ग हुन्छ । तपाइको राम्रो न राम्रो कुरो अरूले सुन्दा तपाईँलाई विविध पक्षमा बेफाइदा नै हुनसक्छ ।

२ -केही त्यस्ता ठाउँमा पुग्दा तपाइले स्वतः मोबाइल फोनको स्विच वा घण्टी बन्द गर्न अनिवार्य हुन्छ जुन तपाइको विवेकशीलताको परिचय हुन्छ । जस्तो कि स्कुल, कलेज, अस्पताल, क्लिनिक, बैङ्क, घाट (दाह संस्कार) सभा सम्मेलन कक्षमा सहभागिता जनाउँदा वा प्रवेश गर्दा फोनको घण्टी बन्द गर्न कहिल्यै नबिर्सनुस् र आफ्नो समझदारीको परिचय दिनुहोस् ।

३ -बस, ट्रेन,ट्याम्पो, माइक्रो बस, लिफ्टमा अनि अन्य अपरिचितहरू हुँदा मोबाइल फोनमा कुरो गर्दै आफ्नो व्यक्तिगत परिचय वा काम वा आफ्नो फोन नम्बर, बैङ्क खाता नम्बर वा अन्य गोप्य राख्नु पर्ने कुरो नगर्नुस् जसले गर्दा फोन नम्बर वा खाता नम्बरको दुरुपयोग गर्न नसकोस् ।

४ -तपाईँ साथीहरू सित हुनु हुन्छ तर अर्को सित फोनमा लामो कुरो गरी रहनु भएको छ भने एक त साथीहरूलाई बोर हुन्छ अर्को तपाइले उनीहरूलाई अनादर वा बेवास्ता गरेको वा महत्त्व नदिएको अर्थ लाग्छ । त्यसैले त्यस्तो अवस्थामा कि त साथीहरूलाई माफ पाउ है एक छिन जरुरी छ भन्दै अनुमति लिएर अलि पर गएर छिट्टै वार्ता टुङ्ग्याउने प्रयास गर्नुस् वा अर्को पक्षलाई यदि जरुरी छैन भने टेक्स गरेर पछि फोन गर्छु भन्नुस् र साथीहरू सित सहभागिता जनाउनुस् ।

५ -सके सम्म आफ्नो फोनको घण्टी बन्द नै राख्नुस् “भाइब्रेसन मोड” एकदम उचित हुन्छ । तपाइको घण्टीले अरूको ध्यान तपाइ प्रति खिचिन्छ त्यसको मतलब अरूलाई डिस्टर्ब भएको बुझ्नु पर्छ ।

६ -सम्भव भए सम्म टेक्स मेसेजमा खबर आदान प्रदान गर्नुस् यसले गर्दा सवारी साधनमा अरूलाई बाधा पनि पुग्दैन र अर्को आफ्नो कुरो (गोपनीयता) पनि कायम हुन्छ । साथै वैज्ञानिकहरूले के खबरदारी गरी सकेका छन् भने मोबाइल फोनको अत्यधिक प्रयोगले कानको धमनी मार्फत मस्तिष्क मा समेत रेडिएसनको असर पुग्ने भएकोले जति सक्दो कम मोबाइललाई कानमा राख्नु उचित हुन्छ ।

७ -साथी वा अर्को आफूले मान्नु पर्ने व्यक्तित्वहरू सित हुनु हुन्छ भने टेक्स मेसेज पनि सक्दो छोटो (short cut) मा टुङ्ग्याउने गर्नुस् तपाइ टेक्स मेसेजमा व्यस्त रहनु भएको साथी वा मान्नु पर्ने व्यक्तित्वलाई बेवास्ता (Ignore) गरेको बुझिन्छ । यस्तोमा चलाखीपूर्वक आफ्नो समझदारी देखाउनु पर्छ ।

८ -साथीहरू सित गफ गर्दै गर्दा फोन आयो भने वा फोन गर्नु पर्‍यो भने साथीहरू सित सरी एक छिन यो फोन उठाऊ ? सानो एक कल गरौँ है भनेर “अनुमति माग्ने “बानी बसाल्नुस् र छोटोमा महत्त्वपूर्ण कुरो मात्र गरेर टुङ्ग्याउने गर्नुस् जसले गर्दा तपाइ सित भएका साथीहरूलाई दिक्क लाग्ने वा बेवास्ता गरेको वा महत्त्व नदिएको महसुस नहोस् ।

९ -मोबाइल फोनमा बिर्सेर पनि धम्की वा अश्लील शब्द प्रयोग नगर्नुस् र टेक्स मेसेज पनि न पठाउनुस् र अर्को पक्ष भन्दा पनि अर्कोको बारेमा नकारात्मक कुरो पनि नगर्नुस् हुन् सक्छ अर्को पक्षले रिकर्ड गरेको होस् वा लाइन मिलाएर तपाइले गाली गर्दै गरेकोलाई सुनाइ दिएको होस् तसर्थ फोनमा हमेसा अति आवश्यक कुरो मात्र गर्ने सकेसम्म अर्को तेस्रो पक्षलाई गाली वा नकारात्मक कुरो गर्दै नगर्ने वा । तथानाम अभद्र शब्द कहिल्यै प्रयोग गर्नु हुँदैन जथाभाबी टेक्स मेसेज नगर्ने । कहिले काहीँ गलत मानिसलाई त्यस्तो मेसेज पुगेर अर्को नराम्रो समेत हुन् सक्छ वा अर्को पक्षले अर्को पक्षलाई फरवार्ड गरी दिन सक्छ के थाहा कसको विश्वास कुन बेला टुट्छ र कताको कुरो कता पुग्छ ?

१० -मोबाइल फोनबाट हिंसा भड्कन सक्ने मानिसमा द्वेष फैलाउने, उत्तेजित पार्ने देखि अश्लील चित्र कुनै हालतमा न पठाउनुस् त्यसले पुर्‍याउने नकारात्मक प्रभावले तपाईँलाई जीवन भर पछुताउनु पर्ने हुन् सक्छ ।

११ -मोबाइल वा घर कै फोनमा पनि २ वा ३ घण्टी बज्दा पनि फोन उठेन भने सम्झनुस् अर्को पक्ष व्यस्त छ वा जरुरी काममा छ । पुरै घण्टी बजी सक्ने गरी अनि दोहोर्‍याई तेहराई लगातार कहिले पनि अर्कोलाई फोन नगर्नुस् थाहा हुन्न अर्को पक्ष गम्भीर कतै अति महत्त्वपूर्ण काममा हुन सक्छ । यसो गर्दा अर्को पक्ष रिसाउन वा चिढिन सक्छ । तपाइको काम प्रति उसको सहयोग वा सहानुभूति वा चासो नरहन वा कमी आउन सक्छ । तसर्थ २ वा ३ घण्टी पछि फोन बन्द गर्नुस् केही समय पर्खनुस् ताकी उताबाट फुर्सद भए पछि फोन आओस् भन्ने अपेक्षा राख्नुस् वा जरुरी भए टेक्स मेसेज पठाउनुस् ।

१२ -मोबाइलमा खास कुरो सकिए पछि लामो कुरो वा कुरो लम्ब्याउने न गर्नुस् हामीहरूमा के चलन छ भने खास कुरो सकी पछि पनि अनि अरू के च त ? अनि अरू ? यसरी कुरो गर्ने चलन छ यसले एकातिर समय नोक्सान ल फुर्सदिलो हुनु हुन्छ भने पनि मोबाइलमा समय अनुसार पैसा लाग्छ त्यो भन्दा पनि खराब नोक्सान के हुन्छ भने अनि अरू ? अनि अरू ? ले अनावश्यक रूपमा तर्क वितर्क गर्ने वा खास गरी अरूको कुरो काट्ने प्रवृत्तिलाई बढावा दिएको हुन्छ । हामी मध्य धेरैलाई त्यो अनुभव छ कि अनावश्यक लामो कुरो गर्ने कुरो घुमाएर लम्ब्याएर गर्नेहरूको फोन कत्तिले त उठाउँदा पनि उठाउदैनन र पछि आफ्नो फुर्सदमा कल ब्याक गर्ने गर्दछन् केही थियो कि भनेर । मोबाइल फोनको प्रयोग अति आवश्यक र सजिलोको लागि मात्र हो समय र पैसाको दुरुपयोगको लागि होइन । यसको पूर्ण सदुपयोग गरौँ । समय र परिस्थिति अनि स्थान हेरेर समझदारी एवम् विवेकपूर्ण तरिकाले प्रयोग गरौँ ।

१३ -अहिले कोरोनाको वितण्डाको समय छ तपाइले बोक्नु भएको मोबाइल फोनमा समेत उसले यात्रा गर्न सक्छ त्यसैले घर पुग्ने बित्तिकै वा जहाँ हात धुनु हुन्छ त्यहाँ मोबाइल फोन को अनुहार पनि पुछी दिने गर्नुस् र सक्दो नाक र मुख भन्दा टाढा राख्नुस् अर्थात् ब्याग वा पाइन्टको पछाडि राख्नुस् र ह्याण्ड फ्री प्रयोग गर्नुस् ।