अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२२ | Colorodo: 04:37

सुहागरात सुमधुर बनाउनु पर्छ

शीतल गिरी २०७९ चैत २५ गते २१:२३ मा प्रकाशित

प्रत्येक स्त्री–पुरुषले आफ्नो जीवनमा अनगिन्ती रातहरू बिताउँछन् । मनोवैज्ञानिक दृष्टिकोणबाट दाम्पत्य जीवनको पहिलो रात विशेष उल्लेखनीय छ । विवाहको उमेर पुगेका प्रत्येक युवक–युवती विवाह हुनुभन्दा धेरै अघिदेखि नै आफ्नो सुहागरातको सुमधुर कल्पनामा डुब्न थाल्दछन् । सुहागरातको बारेमा कल्पना गर्नु, सोच्नु बिल्कुल स्वाभाविक कुरा हो । शिक्षित र सहरी युवा–युवतीहरूमा सिनेमा, उपन्यास र साहित्य हिजो आज त इलेक्ट्रोनिक मिडियाले गर्दा सुहागरातप्रति अर्कै आकर्षक र सोचाइ पैदा गराएको छ ।

वास्तवमा सुहागरातलाई यस्तो सुमधुर र अविस्मरणीय बनाउनु पर्दछ जसको सम्झना गर्दा बुढेसकालमा पनि पति–पत्नी रोमाञ्चित हुन सकुन्, त्यो नै सफल सुहागरात हो । हाम्रो समाजमा दुलाहाले दुलहीलाई भित्र्याउने र साथै पुरुषको दाँजोमा स्त्रीहरू बढी लज्जालु पनि हुनाले सुहागरात सफल पार्नमा दुलाहाको भूमिका बढी महत्त्वपूर्ण हुन्छ । सुहागरातलाई केवल कामुक दृष्टिकोणले ग्रहण गरेर सम्भोगमा मात्र सीमित राख्नु सुहागरातको दुरुपयोग गर्नु हो । कतिपय दुलाहा–दुलहीका लागि सुहागरात नै पहिलो एकान्त क्षण हुन्छ । सुहागरातकै अवसरमा दुलाहा–दुलहीले एकले अर्कोलाई राम्रो प्रभाव पार्न सकेनन् भने भोलि पर्सि आउने दिनहरू उनीहरूका लागि सुखद हुन कठिन पर्दछ । त्यसैले त्यो एक रातले एक अर्काको मनमा जति प्रेम र विश्वास जगाउन सक्यो, त्यति नै उनीहरूको भावी जीवन सुखमय हुन जान्छ ।

सुहागरातको अघि सम्पन्न भएका सम्पूर्ण वैवाहिक रीतिरिवाजहरू सबैका सामु पूरा गरिएका औपचारिकता हुन् भने सुहागरातको क्षणमा दुलाहा–दुलही मात्र भएर आदान–प्रदान गरेको विश्वास र भावुकताहरू अमर आत्मीयता हुन् । सुहागरात दुलाहा–दुलही दुबैका लागि भएता पनि नौलो वातावरण, नारी सुलभ लज्जा र सङ्कोच आदि कारणले दुलही सक्रिय हुन सक्दिन । दुलाहालाई सुहागरातमा कुन प्रसङ्गबाट कसरी दुलहीसँग कुराकानी सुरु गर्ने भन्ने असजिलो पर्न सक्दछ । विवाह बाहेक अन्य अवस्थामा दुलहीबाट पहिलो कुराकानी सुरु हुन्छ भनी अपेक्षा गर्नु हाम्रो जस्तो समाजमा व्यर्थ जस्तै हुन्छ । प्रेम विवाहमै पनि दुलाहालाई सुहागरातमा दुलहीसँग कुन प्रसङ्गबाट कुराकानी सुरु गर्ने भन्ने समस्या पर्न सक्छ ।

यदि दुलही माइतीको सम्झनामा रोइरहेकी छ वा अपसोच मानिरहेकी छ भने दुलाहाले उसको अपसोचमा आफू पनि संलग्न भएर समवेदना, सहानुभूति र सान्त्वनाका प्रभावकारी कुरा गर्नु पर्दछ । सुहागरातको अवसरमा दुलहा–दुलहीले आ–आफ्नो भावनाहरू भावुकताहरू आपसमा साट्नु पर्दछ । तर कसैले पनि धाक लगाउने, आडम्बर र अहम् प्रदर्शन गर्ने बनावटी कुरा गर्ने जस्ता मूर्खता गर्नु हुँदैन । जसरी होस्, दुलाहा र दुलही दुवैले आफू योग्य जीवनसाथी पाएको र विवाह सफल भएको आभास पाउन सक्नु पर्दछ । सुहागरातमा कोही दुलाहा केही नबोली लम्पसार परी सुतिदिन्छन् भने कोही मदिरा सेवन गरी घिनलाग्दो हालतमा दुलही समक्ष प्रस्तुत हुन्छन् । यस्तो असभ्य व्यवहारबाट सुहागरातको अमूल्य अवसर खेर जाने मात्र होइन, दाम्पत्य जीवनमै प्रतिकुल असर पर्न जान सक्छ । दुलही त्यस घरमा अपरिचित हुने हुँदा सुहागरातमा मात्र होइन, विवाहको सुरुका दिनमा प्रत्येक दुलाहाले सहयोग गर्नु पर्दछ । कतिपय दुलहीहरू लाज र संकेचले गर्दा आफूलाई परेको समस्या व्यक्त गर्न सक्दैनन् । त्यसैले सामान्य कुरामा पनि विशेष ध्यान पु¥याउनु जरुरी छ ।

विवाहको सन्दर्भमा प्राप्त अन्य बस्तुहरूभन्दा सुहागरातमा दुलहीलाई दुलाहाले र दुलाहालाई दुलहीले दिएको उपहारलाई प्रत्येक स्त्री–पुरुषले जीवनभर विशेष महत्त्व दिन्छन् र दिनु पनि पर्छ । त्यस्तो उपहार बहुमूल्य नै हुनुपर्छ भन्ने छैन । दाम्पत्य जीवन भन्ने बित्तिकै त्यसको अर्थमा यौन जीवन पनि अन्तर्निहित हुन्छ । त्यसैले दाम्पत्य जीवनको पहिलो रात भन्नाले यौन सम्बन्धको पनि पहिलो रात हो ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । सुहागरामै यौन सम्बन्ध अर्थात् सम्भोग गर्नै पर्छ भन्ने कुनै अनिवार्यता छैन ।

सुहागरातमा सम्भोग गर्ने वा नगर्ने भन्ने कुरा दुलहा दुलहीको मनोभावना, वातावरण, परिस्थिति आदिमा भर पर्ने कुरा हो । सबभन्दा मूर्ख र दुष्ट त्यो पुरुष हो जसले आफ्नी श्रीमतीलाई केवल कामवासना तृप्तिको साधन सम्झी सुहागरातलाई पूर्णतया कामुक ठानी नववधूको इच्छा र मनोभावना विपरीत उसका कोमल अङ्ग–प्रत्यंगहरूसँग पशुवत व्यवहार गर्दछ । यसरी त्यो पुरुषले दाम्पत्य जीवनको पहिलो खुड्किलोमै पत्नीको मनमा आफूप्रतिको श्रद्धा र प्रेमको विजाङ्कुरण हुन नदिई निमोठेर फ्याँकिदिन्छ । यसो भएमा सम्भोगप्रति उक्त स्त्रीलाई सधैँ वितृष्णा, डर र विकर्षण पैदा हुन्छ, जसले गर्दा दाम्पत्य जीवनको मीठो स्वाद कटुतामा परिणत हुन सक्छ । सुहागरात पछिको अरू रातहरूमा पनि पत्नीको इच्छा विपरीत गरिएको सम्भोगलाई एक किसिमको बलात्कार वा अर्को शब्दमा कानुन नलाग्ने अपराध नै मानिन्छ भने पहिलो रातमै बलजफती पूर्वक गरिने सम्भोगलाई त जघन्य बलात्कार भन्नै प¥यो । पहिलो मिलनमै दुलाहाले हडबडाएर यस्तो अविवेकपूर्ण व्यवहार गरेमा आफ्नो दुलाहाको चरित्रमाथि दुलहीको मनमा शङ्का उत्पन्न हुन सक्छ । जसरी प्रत्येक पतिले आफ्नी पत्नीको चरित्र र पवित्र कुमारीत्वलाई ठुलो महत्त्व दिएको हुन्छ, त्यसै गरी प्रत्येक पत्नीले पनि आफ्नो पतिको चरित्रलाई महत्त्व लिएकी हुन्छिन् ।

यदि नवदुलाहा–दुलही दुवै आफ्नो चरित्रप्रति इमानदार छन् भने सुहागरातको महत्त्व र मधुरता अवर्णनीय हुन्छ । सुहागरातमै पहिलो सम्भोग गर्नु या नगर्नु परिस्थितिमा भर पर्ने कुरा हो । पहिलो रातमै सम्भोगको लागि तयार हुन नववधूहरू गाह्रो मान्छन् । त्यसैले यौन क्रियाकलाप प्रतिको स्वाभाविक कौतुहलता बाट यौन उत्तेजना जगाउन सकिएमा सुहागरातको सम्भोग निकै रोमाञ्चकारी हुन सक्छ ।

कसैले सुहागरातमै र कसैले सुहागरात पछिको अरू रातमा नव विवाहित पत्नीसँग यौन सम्बन्ध सुरु गर्दछन्, जुन एक स्वाभाविक कार्य हो । पहिलो सम्भोग पत्नीलाई उत्तेजित नपारीकन उसको इच्छा विपरीत जवर्जस्ती गरेमा र असह्य कष्टदायक भएमा पछिसम्म पनि पत्नीमा ‘काम शीतलता’ आउने, सम्भोगदेखि डराउने, उत्तेजित नहुने आदि समस्या देखा पर्न सक्छन् । सम्भोगमा त्यस कार्यमा उत्तिकै सक्रिय रूपमा पत्नी सहभागी हुन्छिन् । एक पक्ष सक्रिय तर अर्को पक्ष निष्क्रिय भएमा वास्तविक यौन आनन्द प्राप्त नहुने हुँदा बलात्कार गर्ने पुरुषले खास यौन आनन्द प्राप्त गर्न सक्दैन ।

वैवाहिक जीवनको सुरुको यौन सम्बन्धमा विवाह अघि यौन अनुभव प्राप्त गरिसकेको छ भने वैवाहिक जीवनको प्रारम्भको सम्भोग क्रिया त्यति रोमाञ्चक, सुखद साथै कष्टप्रद पनि नहुन सक्छ । यौन क्रियाकलाप पनि एउटा यस्तै रोमाञ्चकारी रहस्य हो, जो उचित समयमा थाहा पाउनुमा नै बढी आनन्द प्राप्त हुन्छ । सुहागरातमा अधिकांश दुलाहालाई लाग्ने कौतूहल उसकी दुलही पूर्ण कुमारी छन् कि छैनन् भन्ने जान्न खोज्नु हो । अझ बास्तवमा भन्ने हो भने विवाह अघि नै अरू स्त्रीहरूसँग लसपस भइसकेको पुरुषले आफ्नी नवविवाहिता दुलहीको कुमारीत्वलाई एक चरित्रवान् पुरुषले भन्दा बढी महत्त्व दिई शङ्का गर्दछ । खास गरी कुमारीत्व पर्दा ९ज्थmभल० लाई नै कुमारीत्वको प्रमाणपत्र मान्ने धारणा छ ।

योनीद्वारमा पर्दा नभए पनि स्त्री पूर्णतया कुमारी हुन सक्छिन् र पर्दा भए पनि कुमारी नहुन सक्छ । कैयौँ केटीहरूको मासिक रजस्वला छुट्टिएर गइसकेको हुन्छ । कसैको पर्दा असाधारण रूपमा बाक्लो भई बिचमा प्वाल पनि नभएमा रजस्वला योनि मार्गभित्रै थुनिएर रहन सक्छ । प्रथम रजस्वलामा ढिलाइ हुनका विभिन्न कारणहरूमध्ये अक्सर हाइमेन बाक्लो र प्वाल रहित भई छेकिनु पनि एक प्रमुख कारण हुनसक्छ ।

कति केटीहरूमा पर्दा निकै बाक्लो भई रजस्वला साथै सम्भोगमा समेत बाधा परेमा डाक्टरद्वारा सामान्य शल्यक्रिया गरी हाइमेन हटाउनुपर्ने स्थिति पनि आउँछ । प्रथम सम्भोगमा हाइमेन फाट्दा केटीलाई कष्ट हुन्छ र योनि द्वारमा केही रगत पनि आउँछ । यदि पर्दा बाक्लो छ त्यसको बिचको प्वाल पनि ठुलै छ साथै योनिद्वार पनि योनिमार्ग पनि फराकिलो छ भने एक–दुई पटकको हल्का सम्भोगमै पर्दा पूरै नफट्न पनि सक्छ । प्रथम सम्भोगमा पर्दा फाट्नु, सानो योनिद्वार, संकुचित योनिमार्ग, केही रक्तश्राव र नववधूलाई कष्ट भएमा यसभन्दा अघि ऊ पूर्णतया कुमारी रहेको मानिन्छ ।

तर कुनै नववधूको माथि उल्लिखित कारणले पर्दा नहुन सक्छ, शारीरिक बनौट अनुसार योनिद्वार ठुलो र योनिमार्ग फराकिलो हुन सक्छ यसो भएमा र योनिको आकारको दाँजोमा शिश्न सानो भएमा रक्तश्राव नभई प्रथम सम्भोगमा धेरै कष्ट नहुन पनि सक्छ । केही दशक पहिलेसम्म नयाँ दुलही पवित्र कुमारी हो कि होइन भन्ने कौतूहल वा चासो उसको दुलाहालाई मात्र होइन, समाजलाई समेत हुन्थ्यो । सुहागरातमा देश, काल, परिस्थिति, रीतिरिवाज, धर्म–संस्कृति साथै व्यक्तिगत धारणाले पूरा असर पारेको हुन्छ ।

त्यो सुहागरातलाई नै सफल सुहागरात मानिन्छ, जुन रात बिताएको भोलिपल्ट दुलाहा–दुलहीले एक अर्कालाई नव परिचित होइन, बर्षौ अघि देखिको आत्मीय एवं परिचित जस्ता महसुस गर्न सकुन् । दाम्पत्य जीवनका बाँकी सारा दिन र रातहरूमा सुहागरातको सम्झना गर्दा पति–पत्नीको तनमन रोमाञ्चित हुन सकोस्, त्यो नै सुहागरातको सफलताको कसी हो । सुहागरात मात्रै दाम्पत्य जीवनको सुख र सुमधुर रात होइन । यदि पति–पत्नीमा आपसी समझदारी, समर्पण, विश्वास र प्रेमको प्रचुरता छ भने वैवाहिक जीवनको प्रायः सबै रात सुहागरात झैँ मधुर बनाउन सकिन्छ र बनाउने कोसिस पति–पत्नी दुवैले गर्नै पर्दछ । तर पनि सुहागरातको विशेष मधुर महत्त्व र मादकतालाई भने भुल्न सकिँदैन ।

प्रतिक्रिया