अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१० | Colorodo: 18:25

गजल

शेखर ढुंगेल २०७७ साउन ३२ गते १९:२६ मा प्रकाशित

गरी त हेर स्पर्श केही पल यो छाती माथि
जिउनु को पीडा अनि पो थाहा हुन्छ

पुछी त हेर एक पटक टप्केको यो आशु लाई
अनि पो मन भित्र को राप नाप्न सकिन्छ

सुनी त देऊ मेरो व्यथा एक छिन आँखामा आँखा जुधाएर
किन फुट्छ आशु को भेल तब न थाहा हुने छ

हिँडी त हेर केही कदम उकाली ओराली साथमा
जीवन यात्रा कति कठिन छ तब बुझ्न सकिन्छ