अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

बलि प्रथाको विरोध किन ? एक चर्चा

शेखर ढुंगेल २०७७ कार्तिक १४ गते ९:३६ मा प्रकाशित

नेपाल र भारत हिन्दु बाहुल्य राष्ट्र हुन्। भारतमा करिब २९ % शाकाहारी र तेलंगा राज्य ९९% शाकाहारी छन् । दुवै देशको केही मठ मन्दिरमा पशुबली दिने चलन छ । पशुबली सम्भवतः हिन्दु समाज भन्दा बढी इस्लाममा हुन्छ त्यति नै इसाई समाजमा पनि हुन्छ । अमेरिकामा हुने पशुपक्षी बधको तथ्याङ्क हेर्ने हो भने नेपालमा ले एक वर्षभरिमा गर्ने पशु वध भन्दा १०० गुना बढी एक दिनमै हुन्छ । अमेरिकामा प्रत्येक दिन लगभग ३।५ मिलियन भेडा र २ मिलियन खसी बोका बाख्रा वध हुन्छन्, कुखुरा २४ मिलियन र गाई ४ हजार प्रत्येक घण्टा वध हुन्छन् भने टर्की एकै दिन (टर्की डे )thanks giving Day मा ४५ मिलियन र क्रिसमसमा २२ मिलियन वध हुन्छ भने वर्षमा ४०० मिलियन टर्कीको मात्र वध हुन्छ ।

नेपाल लगायतका अन्य विश्वको तथ्याङ्क हेरौँ प्रत्येक दिन करिब ५ बिलियन पशुपक्षी वध हुन्छ माच्छा वा समुन्द्री वा जलचरहरू बाहेक जलचरहरू ट्रिलियन टन खाद्यान्नको रूपमा खपत हुन्छ । नेपालको गढीमाईमा हुने पशुबलीको विरोधमा कुनै इसाईले भारतको कोर्टमा विरोध गर्न लगाइयो नेपाल प्रवेश (निर्यात) नगर्न भारतीय अदालतले आदेश दियो तर सीमामा बलि दिएर आफ्नो आस्था र विश्वासलाई निरन्तरता दिए । हिन्दु समाजको आस्था संस्कार संस्कृति सामाजिक विशिष्टता प्रति सुनियोजित रूपमा नै आक्रमण भइराखेको छ । हाम्रो दसैँ तिहार अनि चाडपर्वमा भन्दा १०० गुणा वध हुने इस्लामको इद अनि क्रिसमसको विरोधमा हिन्दुले बोल्दैन भने इसाईहरूलाई हाम्रो आस्था माथि आरोप लगाउनु र विरोध गर्नु जायज हुँदैन । स्मरण रहोस् इदमा एक्लो इन्डोनेसियामा मात्र एक दिनमा ६ लाख गाईगोरु ३ लाख खसीबोका र २ लाख भन्दा बढी भेडा र ५ लाख भन्दा बढी कुखुरा हाँस वध गरिन्छ त्यहाँ विरोध गर्न जान कसैले हिम्मत गर्न सक्दैन तर हाम्रो समाजको सिधापन र सहनसिलातालाई कमजोर ठानेर हमला किन गरिन्छ ?

मानव जातिको लागि आज र भोलि सम्मको लागि पनि पशुपक्षीको बलिदान अनिवार्य छ । कारण तपाईँ हामीले विद्वता आदर्श छाँट्न जाँदा आजको युगमा पशुपक्षीको बलिदान बिना सम्भव छैन । हामी जुत्ता पेटी ब्याग पर्स ज्याकेट उलनका पहिरन पशुपक्षी बिना पाउ सक्दैनौ । त्यसैले पशुपक्षी वध प्रकृतिको वा सृष्टिकर्ताको नियति भित्र नै पर्छ । सृष्टिकर्ताले प्रत्येक मानिस जन्तुलाई स्वभाव नै त्यस्तो दिएर सृष्टि गरेको हुन्छ जस्तो कि बाघ-सिंहले जङ्गलमा बसे पनि घाँस खाँदैन । गाईले मासु खाँदैन बाँदरले मासु, नरिवल खाँदैन त्यसै गरी केही मानिसहरू जन्मजात मासु लाई घृणा गर्छन् । आजको विश्वको वास्तविकता यस्तो छ कि कुल जनसङ्ख्याको ४०% मानिस खाद्यान्नको अभावबाट ग्रसित छन् भने ३०% खाद्यान्नको आपूर्ति मासु माच्छा जन्य पदार्थबाट आपूर्ति हुन्छ भने पशुपक्षी बधको विरोधको कुनै तुक छैन । अर्को गम्भीर कुरो यदि पशुपक्षी वध नहुने हो भने एकाध वर्षमै वातावरण तहस नहस हुन्छ कारण एक वर्षमा करिब २०० ट्रिलियन टन भन्दा बढी माच्छा र समुन्द्री बस्तुको खपत हुन्छ त्यो समुन्द्रमा रह्यो भने समुन्द्रको सतह बढेर के अवस्था आउला ? अनि जन्मिएका पशुपक्षी न मारिने र खपत नगर्ने हो भने उनीहरूको सङ्ख्या बढेर मानिसले खाने अन्न समेत हाहाकार हुन्छ घाँस पातको अभाव हुन् थाल्छ जङ्गल र बस्तीको प्राकृतिक सन्तुलन बिग्रने छ हाम्रो अर्ग्यानिक उत्पादनको सपना पनि बन्द हुनेछ फाइदा नहुने हो भने कसले किन गाई लगायतका पशुपक्षीको फार्म खोल्छ व्यवसाय गर्छ ? स्मरण रहोस् अहिले बिलियन गरिब मानिसहरू खाना र रोजगारीको लागि पशुपक्षी व्यवसायमा आश्रित छन् ।

सत्ता र व्यक्तिगत स्वार्थको लागि मानव वध गर्ने एउटा वर्ग हाम्रो हिन्दु समाजको पशुपक्षी बधको परम्परालाई हिंसात्मक र निर्ममताको संज्ञा दिएर एउटा खास वर्ग, सामाजिक आर्थिक अवस्थाको भित्री पाटोको सूक्ष्म अध्ययन नै नगरी सतही रूपमा धर्मलाई जोडेर हाम्रो आस्था र परम्परा माथि सुनियोजित रूपमा विरोध गर्ने गरेका छन् । नेपाल र भारतमा पशुपक्षी बधको विरोध गर्ने इसाईहरूको मानसिकता देखेर त्यस बेला ताज्जुब लाग्छ जब “थरी थरिका मासुका परिकार टेबुलमा सजाएर खानु भन्दा अगाडी प्रार्थना गर्दै भन्छन् हे प्रभु यो मिठो परिकार खाना (मासु )को व्यवस्था गरी दिनु भएकोमा धन्यवाद चढाउँछु प्रभुले जुटाई दिनु भएको यो मिठो खाना खाएर स्वास्थ्य रहन सकूँ प्रभुको प्रार्थना गर्न सकूँ आमिन “भन्दै खाने गर्दछन् ।यहाँ नेर पशुपक्षी वधको विरोध गर्नेहरू हिन्दु धर्म परम्परा प्रति आक्रमण गर्नेहरूलाई प्रश्न गर्न चाहन्छु पशुपक्षी जिउँदै आस्थाको मूर्ति अगाडी प्रार्थना गर्नु र पकाएको मासुको अगाडी प्रभुले व्यवस्था गरी दिनु भएकोमा धन्यवाद भनेर खानुमा के मानसिक भिन्नता ?

रह्यो अर्को सार्वजनिकरुपमा हत्या र (वध)को कुरो जुन हाम्रो सन्दर्भमा आर्थिक र सामाजिक अवस्थासित जोडिएको छ । हाम्रो देशमा केही सानो वर्ग बाहेक मासु खान चाड पर्व नै आउनु पर्ने र बाध्यात्मक परिस्थिति छ । त्यसको लागि घर घरमा सल्टर मेसिन राख्ने कुरो पनि भएन वर्ष दिनमा वा चाडपर्वमा मासु खाने रहरको लागि पशुपक्षी वध गर्न मेसिन राख्ने सम्भबछैन । इसाई इस्लाम समाजमा जस्तो रेटेर गोली हानेर वध गर्नु भन्दा हाम्रो जस्तो छप्काएर मार्ने चलनलाई युरोपियनहरू नै कम पीडादायक पनि भन्ने गर्दछन् । सम्पन्न देश बाहेक अफ्रिकी इसाई मुलुकमा पनि सार्वजनिकरुपमा नै पशुपक्षी गर्ने अनि हाम्रो जस्तै किलो पाउको भाग लगाएर घर घरमा लगेर रमाएर खाने चलन छ । यही मिठो बनाएर आफन्त परिवार जमघट भई खाने अनेक बहाना नै चाडपर्व हुन् जुन आज एउटा संस्कृति परम्परा पनि भएर निरन्तरता पाई रहेछ । मासु खान धर्मले सिकाएको होइन प्राकृतिक आवश्यकता हो जसको विकल्प नै छैन ।

स्पष्ट र सत्य त यही हो इसाई इस्लाम हिन्दु कु नै पनि धर्म र आस्थाको उद्देश्य लक्ष “अहिंसा, प्रेम, शान्ति” भन्दा अर्को हुँदै होइन । तर पनि किन मानिस देखि पशुपक्षीको वध भइराखेको छ त यो संसारमा ? गहन र गम्भीर प्रश्न छ तर उत्तर छैन वा सहज उपलब्ध छैन । अझ गहिरिएर अध्ययन मनन गर्ने हो भने प्रत्येक आत्मामा ईश्वरको बस हुन्छ भनेर विश्वास गरिन्छ र सत्य पनि हो कारण हाम्रो शरीरको सञ्चालन हाम्रो हातमा नै छैन हाम्रो सोच हाम्रो नियन्त्रणमा छैन यो सबको सञ्चालक सृष्टिकर्ता नै हुन् अर्थात् मानिस भित्र ईश्वर हुन्छ ईश्वर कै चाहना र नियतिको खेल भित्र नै पशुपक्षी वधलाई लिनु पर्छ । बरु हिन्दु धर्मले वधलाई हिंसा पाप भनेको छ विडम्बना अहिले के भइराखेको छ भने पशुपक्षी तिमि हरूकै (मानिस) लागि हो भनेर भन्ने परमपिता (बाइबल) का सन्तान भने त्यो कुरो लुकाएर हिन्दु आस्थाको चाडपर्व र हुने पशुपक्षीको वधलाई अनेक आरोप लगाएर विरोध गर्ने गर्दछन् जुन आफैमा अर्को हिंसा हो किनभने आफ्नो इच्छा र सोचलाई जबर्जस्ति अरू माथि लाद्न खोज्नु पनि हिंसा अन्तर्गत पर्छ । इसाईहरुले दैनिक मिलियन वध गर्दा जायज हुने हिन्दुहरुले चाडपर्वको बहानामा मासु खाने चलनको भने विरोध गर्ने पर्ने ?जो होचो उसैको मुखमा घोचो भनेको यही सायद यदि होला । विदेशीले त हाम्रो आस्था माथि आक्रमण गर्नु नै छ तर स्वयम् नेपालीहरू पनि आफ्नै आस्थाको विरुद्ध उनीहरूको बहकावमा आएर विरोध गर्नु विडम्बना हो । मासु नखानेले नखाने स्वेच्छाले तर खानेको विरोध गर्नु अनुचित मात्र होइन मानसिक हिंसा पनि हो ।

हिन्दु समाजको पशुपक्षी बधको परम्परालाई हिंसात्मक ठान्ने इसाई समाजमा नै सबै भन्दा धेरै पशुपक्षी वध मात्र होइन आफ्नो नीति लागु गर्न करोडौँ मानिसको वध गर्ने क्रूर मानसिकता छ । यसको दाँजोमा हिन्दु समाज धेरै गुणा शान्त सहनशील छ अर्को माथि आफ्नो बिचार कहिले पनि लाद्ने गर्दैन । बेलाबेलामा इसाई समाजमा हुने १२ वर्ष बच्चा देखि ८७ वर्षका वृद्धबाट भएका अकल्पनीय हिंसात्मक घटना हाम्रो सामुन्ने छन् । कोइले तर्क गर्ने गरेका छन् मासु नखाने हो भने अपराध कम हुन्छ भारतको तेलंगा राज्यमा ९९% मानिस शाकाहारी छन् तर त्यहाँ बलात्कारको घटना दैनिक बढ्दो छ । लिखित रूपमै भारत मात्र एक शाकाहारी देश मानिन्छ जहाँ २८% मानिस शाकाहारी छन् के त्यहाँ अपराध छैन ? सार्वजनिकरुपमा काटमार गर्दा हिंसालाई प्रोत्साहन दिन्छ भन्नेहरू पनि छन् अमेरिकामा जस्तो हत्या हिंसा कहाँ छ ? तर नेपालमा आर्थिक कारणले मासुजन्य उत्पादन वा खपत ज्यादै न्यून छ । तसर्थ नेपाल जहाँ ९१% हिन्दुहरू बस्छन् (बुद्धिस्ट, जैन सिख सतनामी आदि) स्वाभाविक रूपमै अहिंसा शान्ति प्रेम र सद्भावनायुक्त मानसिकता छन् । धैर्यताको सीमा नै आङ्कलन गर्न सकिएको छैन । यस्ता नागरिकहरुले चाडपर्वलाई रौनक दिन मिठो खानको लागि गरिने पशुपक्षी वधको अनेक रूपमा विरोध गर्नु घृणाका शब्द प्रयोग गर्नु आफैमा हिंसा हो यो रोकिनु पर्छ ।

होचाको (आर्थिक शैक्षिक र चेतनामा होचो) मुखमा घोचो भन्ने हाम्रो पुर्ख्यौली कथन छ । हामी आयातित मानसिकता र निर्देशनमा यति नराम्रोसँग फसेका छौ कि आफ्नो धरातलीय आर्थिक सामाजिक र मानवीय सम्बन्धको रीति रिवाजलाई चटक्कै बिर्सेर सहरमा अङ्ग्रेजी अक्षरमा अर्को वा आफ्नै विरुद्ध उभिने विकृति कसरी प्रेरित भयो हामी किन प्रयोग भएका छौ अचम्म लाग्छ, महामानव बुद्धले भन्नु भएको छ “जबर्जस्ति आफ्नो बिचार अर्कोमा लाद्नु पनि असहिष्णुता वा हिंसा नै हो”, छालाको जुत्ता, कम्मर पेटी, ब्याग, पर्स, ज्याकेट घरमा मासु भात खाएर आएर जब नेपालमा चाड पर्व आउँछ अधिकांश गरिबहरूको मासु भात खाने रहर पुरा हुने दिन आउँछ अनि बजारमा पशु हत्याको विरोधमा खेतालाहरूको भिड लाग्ने गरेको छ सडकमा खेताला बन्न आउनु पहिले खर्चसँग मतलब छ विषय होइन भन्ने हो भने अर्कै कुरो होइन भने पहिले निम्न कुरोमा अध्ययन र मनन गर:

१ कसैमाथि आफ्नो सोच लाद्नु हिंसाको नै रूप हो
२ के खाने के न खाने व्यक्तिको स्वेच्छा को कुरो हो
३ विश्वमा करिब २ अर्व मानिस मासुजन्य व्यवसाय वा पेसामा आबद्ध भएर आफू र परिवार पालिरहेका छन् त्यसको विकल्प के ?
४ विश्वमा ४०% भन्दा बढी मानिस हात मुख जोर्ने समस्या वाट पीडित छन् र खानको ३०% मासुजन्य बस्तुले ओगटेको छ त्यसको विकल्प के ?
५ विश्वमा वार्षिक २०० ट्रिलियन समुन्द्री खाना खपत हुन्छ यदि त्यो बन्द गर्ने हो भने समुन्द्रको सतह बढेर के हुन्छ ? रोजगारी के हुन्छ ? विकल्प के ?
६ जन्मेका पशु पक्षीको लागि आजीवन खाने व्यवस्थापन कसले गर्छ किन गर्छ ? र प्राकृतिक वातावरण के हुन्छ ? अझ बढ्दो जनसङ्ख्या र सहरी विकास सँगै खेतीयोग्य जमिन र जङ्गल घट्दै गएको अवस्थामा यसै पनि खानेकुरो को अभाव बढ्दै गएको छ ३०% स्थान ओगटेको मासु जन्य उत्पादन को विकल्प के ?
७ इद धन्यवाद दिवस र क्रिसमस मा किन सुत्छौ ? जब कि त्यो समयमा मिलियन मिलियन हत्या हुन्छ जब हिन्दुहरूको पर्व आउँछ विरोधमा उत्रने पाखण्डी कर्म किन ?
८ युरोप अमेरिकामा गोली हानेर करेन्ट लगाएर मार्नु हत्या होइन धर्म हो अनि नेपालमा छपक्क काट्नु मात्र हत्या हो र पाप हो ? तिमिहरूको परिभाषा ?
खान मन छैन न खाऊ छालाका उत्पादन प्रयोग गर्न बहिष्कार गर तर चाडपर्व मा यो पाखण्डी पारा बन्द गर । अन्तमा म स्वयम् शाकाहारी हु ।