अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१७ | Colorodo: 23:32

यात्रा यो जिन्दगी कस्तो कस्तो !

शेखर ढुंगेल २०७७ साउन १९ गते ८:२३ मा प्रकाशित

कविता

भोकाएकाको गाँस जस्तो हो कि ?
बगर को बालुवा जस्तो !

हर पल टुटी जाने सपना हो कि ?
घाम सँगै तपकी जाने सित जस्तो
यहाँ बाच्ने हरू नै अन्योल मा छन् ..
सुख को सागर हो कि आशुको भेल ?
यो जिन्दगी यात्रा कस्तो कस्तो ?

स्वतन्त्र भई उड्ने बादल हो कि
साँझ नपर्दै ओइलाई जाने फुल हो ?
कोही लाई लम्ब्याउने रहर यहाँ
लोई लाई व्यर्थै लाग्ने जीवन यहाँ
फुल हो कि कडा बुझ्नै गाह्रो
यात्रा यो जिन्दगी कस्तो कस्तो ?

समुन्द्र मन्थन हो कि ?मरुभूमि को उँट जस्तो?
बाचुन्जेल दुख पिडा मरे पछि हाइ सन्चो

यो जिन्दगी को रित कस्तो कस्तो
यात्रा यो जिन्दगी को कस्तो कस्तो ?