अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४१ | Colorodo: 16:56

मनुवा मृत्यु देखि डराउँछौ किन ?

शेखर ढुंगेल २०७७ कार्तिक २१ गते १२:०१ मा प्रकाशित

कविता
मृत्यु जीवनको अन्त कहाँ हो र ?
यो त चिन्ता मुक्त हुनु हो
दोष मुक्त हुनु हो चिर शान्ति प्राप्त गर्नु हो
जो तिम्रो हाँसो देखेर ईर्ष्या गर्थे

ती पनि खुसी हुनेछन्
जो तिमि लाई अति माया गर्थे
तिम्रो दुख बुझ्थे
ती पनि खुसी हुनेछन्

तिम्रो दुखको दिन सकियो भन्नेछन्
यो ब्रह्माण्ड त तिम्रो परदेश हो
मृत्यु त स्वदेश प्रस्थान हो
दुख मुक्त भएर मातृभूमि फर्कनु

खुसी प्राप्त गर्नु होइन र ?
मर्न किन डराउँछौ ?
यो प्रदेशमा कति सन्तानको लागि रोयौ
कति आफन्तको लागि रोयौ

कति पैसा र पदको लागि रोयौ
आत्मा जीवन हो
शरीर त साधन हो त्यसको चिन्ता किन ?
आत्मा कहाँ मर्छ ?र मृत्यु डराउँछौ ?

हो शरीरको आयु छोटो छ
हो विवेक को आयु छोटो छ
हो दायित्व निर्वाह गर्ने समय छोटो छ
तर परदेश बाट स्वदेश फर्कनु अनिवार्य छ

आफ्नो विवेकको मृत्यु देखि डराउने गर
मनुवा अधार्मिकता देखि डराउने गर
दुई खुट्टामा उभिन सिक्यौ
अब मानिस बन्न सिक र मृत्युमा रमाउन सिक

असल मानिस मृत्यु देखेर हास्छन
मृत्युमा सुख छ शान्ति छ
पाखण्डी हरू शरीर र सम्पत्ति लाई माया गर्छन्
अनि मृत्यु देखि डराउने गर्छन् रुने गर्छन्

जहाँ चिर शान्ति र चिन्ता मुक्त हुनु छ
अनि मृत्यु देखि डराउँछौ किन जुन निश्चित छ