अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२८ | Colorodo: 22:43

गजल

नवराज न्यौपाने 'मौन' २०७७ भदौ २३ गते ७:०० मा प्रकाशित

बिर्सेर चोट सारा , माया लगाइदिन्छु
खर्चेर भाव सारा ,आशा जगाइदिन्छु

एक्लै बसेर मैले, कल्पेर बाँच्नु पर्दा
माया अनन्त साँची, बाधा भगाई दिन्छु

आमा र बाबु हेर्दै ,कर्तव्य आफ्नू सम्झी
मेला र पर्म हिड्दै कामै सघाइदिन्छु

प्यारा गएर टाढा ,रोएर बस्छु आज
नानी र बाबु सम्झी ,भोटो मगाइदिन्छु

दुख्खै सहेर बस्दा मिल्ला नि धेर सुख्ख
बानी परेछ मेरो , एक्लै अघाइदिन्छु