अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५ | Colorodo: 21:00

गजल

लीलाराज दाहाल २०७९ पुष १ गते २१:४९ मा प्रकाशित

सुराकी या चेला बुझ्नै सकिएन
झिम्क्याउँदा परेला बुझ्नै सकिएन !

चारैतिर हल्ला के को हो के को हो ?
रातको छ बेला बुझ्नै सकिएन !

बसी बसी खान्छ अनि उस्कै हातमा
कसरी भो ठेला बुझ्नै सकिएन !

घोडा जति देख्छु बाहिरै बाँधेको
खाली छ तबेला बुझ्नै सकिएन !

एक्ली अवलाको चीर हरण हुँदा नि
चुपचाप छ यो मेला बुझ्नै सकिएन !

वागमती, सर्लाही

प्रतिक्रिया