अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१३ | Colorodo: 06:28

गजल

नवराज न्यौपाने 'मौन' २०७९ भदौ ११ गते ११:४३ मा प्रकाशित

चुँडिएझैँ भयो आज तार जिन्दगीको
तिखार्नु छ बोधो भयो धार जिन्दगीको

आफन्तले छल गरे अन्याैलमा पारे
एक्लै एक्लै बोक्छु आज भार जिन्दगीको

महँगी र बेरोजगारी सधैभरि उस्तै
खपिसक्नु छैन हजुर मार जिन्दगीको

सफलता चुम्नलाई सजिलो त हुन्न
सिक्नेलाई पाठ बन्छ हार जिन्दगीको

धेरै बोल्न नसकेर बन्छु म त ‘मौन’
बुझ्नलाई गाह्रो रै’छ सार जिन्दगीको