अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४७ | Colorodo: 04:02

गजल

लीलाराज दाहाल २०८० असोज २० गते १४:११ मा प्रकाशित

बेइमानीको बात म के जानूँ
चोरी ठगीको भात म के जानूँ

विश्वास विश्वास मै हुर्केँ, बढेँ
अविश्वासको लात म के जानूँ

कस्तो तातो हो ! कस्तो नशालु
प्रशंसाको मात म के जानूँ

सहयोगी देखिए पहिले निकै
कोखामा छन् दाँत म के जानूँ

फुकाले तिनले त ईज्जत् सबै
नग्नताको खात म के जानूँ

मलाई यसरी बिगार्नु बिगारे
यो मान्छेको जात म के जानूँ

बागमती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया