अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४१ | Colorodo: 02:56

गजल

पवन लामिछाने २०८० भदौ २ गते १०:३९ मा प्रकाशित

जिन्दगीको विपक्षमा फैसला आएको छ
समयले एक्लो बनायो मजा आएको छ

किस्ता-किस्तामा आएर पनि दु:ख भरियो
पूरा आउछु भनेर खुशी आधा आएको छ

कसरी भन्छौ पछाडि फर्क अगाडि नहेरी
दुनियाँलाई जित्ने एउटा मौका आएको छ

आँफैलाई बिर्सेंर हिंडेको धेरै भैसक्यो
कसैले भन्दियोस् न सम्झना आएको छ

यत्रो समय भयो अब त ज्याला दिनुस्
छानो टाल्नु छ मालिक बर्खा आएको छ

प्रतिक्रिया