अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

गजल

आचार्य प्रभा २०८० भदौ २९ गते २०:२२ मा प्रकाशित

यो धराबाट बिलिन हुनु भएका सम्पूर्ण बुवाहरुमा समर्पित –

पुजेर दर्शन गरूँ भने आज,कहाँ भेटूं म बुवालाई ?
देख्दिनँ यो धरामा कहीं पनि,कहाँ खोजूँ म बुवालाई ?

हुनेले पुज्छन्,मिठाई खुवाउँछन्,बुवालाई खुशीले
साथमा नभएपछि,कहाँ,कस्लाई सोधूँ म बुवालाई ?

छैन आँखामा झल्कोसम्म,बुवाको अदृश्य मुहारको
कल्पनामै भए पनि श्रद्धाले पूजा गरूँ म बुवालाई।

देख्न त मन लाग्छ हर रातको सपनीमा वहाँलाई
निष्ठुरी बनेर गएपछि कहाँ देखूँ म बुवालाई ?

कहिले एक्कासि चिच्याउँछु सपनीमा नै बुवा भनेर
छायाँसम्म नदेखेपछी कि,निष्ठुरी भनूँ म बुवालाई ?

रचना -९ /१४ /२०२३