अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१० | Colorodo: 23:25

गजल

पवन लामिछाने २०८० असार २३ गते १३:२३ मा प्रकाशित

यो दिललाई यो दिमागलाई शान्ति दिन सिक्नुपर्छ
मैले सम्झिदा मात्र सम्झिनेलाई बिर्सिन सिक्नुपर्छ

जूनजस्तै घामजस्तै कहाँ रहन्छ जवानी उस्तै ?
सुन्दर फूल हौ प्रिय तिमी ओइलिन सिक्नुपर्छ

दूरि बढाउदैमा यो संसार कब्जा गर्न सकिन्न
महोदय, गन्तव्यसम्म पुगेपछि अडिन सिक्नुपर्छ

दुश्मनहरुको इलाका रहेछ यहाँ भगवान हुदैनन्
आमाको अनुहार सम्झेर पनि उभिन सिक्नुपर्छ

बधशाला धाउनु प्रेमीहरु हो फुर्सद भएको बेला
माया गर्नेहरुले माया पाउनकै लागि रेटिन सिक्नुपर्छ

————–
र.न.पा १५, चितवन, नेपाल
हाल: टेक्सस, अमेरिका

प्रतिक्रिया