अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:११ | Colorodo: 12:26

गजल

लीलाराज दाहाल २०७८ फागुन १९ गते १६:४८ मा प्रकाशित

उदास उदास लाग्छ अचेल चमेलीको फूल पनि
किन होला उजाड देख्छु सप्तरङ्गी तुल पनि ।

तिम्रो ठाउँ कस्तो भाछ हेर्न मात्रै आएको म
स्वागत खातिर ठिक पारेछौ मानिसको हुल पनि ।

तिम्रो मात्रै विशाल महल वरिपरि सानादेख्छु
आफ्नै लागि फुटाएछौ विकासको मूल पनि ।

तिम्रो लागि स्वतन्त्रताजुत्ता पुछ्ने बुरुश जस्तो
अनि भएछ तिम्रो लागि खोला पनि पुल पनि ।

******************

बागमती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया