अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५४ | Colorodo: 02:09

गजल

नवराज न्यौपाने 'मौन' २०८० कार्तिक ३० गते १६:१२ मा प्रकाशित

ढलेछ यौवन विदेश बस्दा रमेर खेल्दै दशैं मनाएँ
छ खेतबारी रहन्छ बाँझो अभाव झेल्दै दशैं मनाएँ

कथा छ नौलो व्यथा अनौठो हिमालदेखिन् तराइसम्म
हुँदैन पैसा बसेर घरमा र दर्द छेल्दै दशैं मनाएँ

सुकेर जाला नि आँसु मेरो सहन्छु पीडा अठोट बोकी
मिलेर आफ्ना समस्त साथी पियार जेल्दै दशैं मनाएँ

गरीब बस्ती भएन मस्ती छ ऋण धेरै तिरेर थाकें
न हुन्छ राम्रो गरेर खेती जुनी धकेल्दै दशैं मनाएँ

हजार बाधा छिचोल्न जानें रहेछ चोला कठोर हाम्रो
हरेश खाँदा हुँदैन राम्रो कथा सुसेल्दै दशैं मनाएँ