अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४३ | Colorodo: 01:58

गजल

केशब आचार्य २०८० असार २० गते १८:०७ मा प्रकाशित

सम्झिँदैछु उनको मुहार मध्य जुनेली रातमा
कल्पिएर उन्को मिठो प्रेमिल मनको बातमा।

भेट्ने गर्थ्यौं एकान्तमा मिठा कुराकानी गर्न
एकार्कालाई अङ्गाल्दथ्यौं राखी हात हातमा।

एक्लै हुँदा कल्पन्छु म पागलसरी एक्लै हाँस्दै
प्रश्न गर्छु आफैसँग के मोह हुन्छ नारीको जातमा ?

पिउँछु भन्छु सोमरस,लट्ठिएर मातिनलाई म
तर नपिई नै लठ्ठिन पुग्छु,उन्को अधरको मातमा।

कैले रिसाउँथिन्,कैले ठुस्किन्थिन् सानो कुरामा नै
उत्ताउँलिंदै भिज्थिन् कैले उनी,निथ्रुक्क बर्षातमा।

रचना -६ /२१ /२०२३

प्रतिक्रिया