अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०८ | Colorodo: 21:23

गजल

नवराज न्यौपाने 'मौन' २०७७ साउन १२ गते २३:०२ मा प्रकाशित

बन्दैन देश राम्रो,मिल्ती टुटेर जाँदा
यात्रा हुँदैन राम्रो, साथी छुटेर जाँदा

सन्ताप हर्नु राम्रो ,संस्कार साथ चल्दै
भेटिन्न लक्ष्य नौलो , पार्टी फुटेर जाँदा

नेपाल उठ्छ पक्कै, माया र एकताले
भासिन्छ शान हाम्रो, देशै लुटेर जाँदा

निर्धा सधैंं रुवाई ,कुल्चेर ऐन सारा
सुक्दै सुकेन आँखा, मान्छे भुटेर जाँदा

गल्ती भएछ भन्दा, बाटो बदल्नु पर्ला
रोकिन्न काम राम्रो ,मान्छे जुटेर जाँदा