अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३३ | Colorodo: 01:48

दुई गजल

लीलाराज दाहाल २०७८ मंसिर २३ गते १८:४५ मा प्रकाशित

।। १ ।।
फाटेको मन जतनले सिएँ आज
हर्षोल्लासमा अलिकता पिएँ आज ।

के के गरेँ के के भनेँ गल्ती भयो कि
सत्य हजुर ! बेहोशीमा थिएँ आज ।

कति मीठो अहो ! परिश्रमको फल
श्रमको मोल धेरै पछि लिएँ आज ।

कति बसुँ थुनुवा झैँ पिँजरा भित्रै
स्वाधीन खुला धरातलमा जिएं आज ।

जे जे थियो आफुसंग बाँकी नराखी
सर्वस्व उनलाई सुम्पी दिएँ आज ।

।।२।।
जति बदल्छ आफूलाई फूलमा अचेल
त्यति नै पर्छ अक्सर उ शूलमा अचेल

शान्तिको बाटोमा कतै देखेन गुन्जायस
किन देख्छत भविष्य उ हुलमा अचेल

चुस्दैछहै लामखुट्टेले विश्वासको रगत
पक्कै पनि मिसावट छ झुलमा अचेल

तल मात्रै सुधारे छौ विकृतिको नाला
फोहोर मैलारैछ धेरै मूलमा अचेल

याचनाले नहुने रेनतमस्तक हुनैपर्ने
यस्तो होस नसजाय भुलमा अचेल ।

 

बागमती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया