अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

गजल

लीलाराज दाहाल २०७७ भदौ १२ गते ९:४९ मा प्रकाशित

वेदनाको गीत यो गाएको हिजो
दुखले बेस्सरी सताएको हिजो !

कसरी गर्छौ यो हल्लाको खण्डन ?
आफैंले चर्चा चलाएको हिजो !

पुराना अनि ती रङ्ग खुइलिएका
तस्वीर दिलमा सजाएको हिजो ।

वेकसूर भै गयौ समयको इन्साफ
निहत्थाको गला दवाएको हिजो ।

आज तिमी ठूला र सम्पन्न भाछौ ।
अभावको ताली बजाएको हिजो ।

 

 

 

 

बाग्मती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया