अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०४ | Colorodo: 01:19

गजल

लीलाराज दाहाल २०७७ पुष ६ गते ८:४९ मा प्रकाशित

एक झुम्रो हजुर लाएर आएँ
दुई गाँस अपमान खाएर आएँ ।

सबै जातको यो फूलबारी भन्छन्
एक टुक्रो सेलो गाएर आएँ ।।

चुहिँदो छ छानो आफ्नो झरीमा
फेरि घर अरुकै छाएर आएँ ।

पाइन्छ कि अझै अपमानको पिठो
टाढैबाट मुख लौ बाएर आएँ ।

घायल भई हजुरका शरण पर्न
फेरि पनि आज म धाएर आएँ ।

 

 

बाग्मती ११, कर्मैया, सर्लाही

प्रतिक्रिया