अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१० | Colorodo: 11:25

गजल

लीलाराज दाहाल २०७७ पुष २३ गते ७:३४ मा प्रकाशित

गोधुलीमा शृङ्गार गरी कता हिँडेकी नि !
नफर्किने बिचार गरी कता हिँडेकी नि !

भन्थ्यौ तिमी कतै जान्न मलाई छोडेर
आज यति हतार गरी कता हिँडेकी नि !

ह्रदयमै बास बस्न दिन्छु भन्दा भन्दै
यो मुटु मै प्रहार गरी कता हिँडेकी नि !

जात अनि धर्मले पो कहाँ छेक्छ माया ?
जन्जिरको प्रचार गरी कता हिँडेकी नि !

जसले सधैँ घृणाको इनाम दिइरह्यो
उही चिनो स्वीकार गरी कता हिँडेकी नि !

 

बागमती ११, कर्मैया ,सर्लाही

प्रतिक्रिया