अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०९ | Colorodo: 02:24

गजल

लीलाराज दाहाल २०७८ जेठ २७ गते ७:०१ मा प्रकाशित

कहाँ देखि आएँ तिम्रो सहरमा
म उसै हराएँ तिम्रो सहरमा

रहेन मानवता, छ प्रेम कलुषित
चाहना जलाएँ तिम्रो सहरमा

न भर भयो न साथ कसैको
रित्तो हात उठाएँ तिम्रो सहरमा

रम्न सकेन मन खुसीले कतै
उदास गीत गाएँ तिम्रो सहरमा

उजाड भएर म फर्केँ लीला
धेरै हण्डर खाएँ तिम्रो सहरमा

 

*******
बागमती ११, कर्मैया ,सर्लाही

प्रतिक्रिया