अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१४ | Colorodo: 20:29

वीरेन्द्र सुवाल सिंहको ‘सायद यही होला माया’ सार्वजनिक

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असोज २३ गते २१:५८ मा प्रकाशित

कोलोराडो निवासी वीरेन्द्र सुवाल सिंह ‘सायद यही होला माया’ युट्युब मार्फत सार्वजनिक भएको छ । सिंह अब साङ्गीतिक बजारमा रचनाकार भएका छन् । शायद यही होला माया उनले रचना गरेको दोस्रो साङ्गीतिक एलबम हो । यो उनको पहिलो रेकर्ड गरिएको गीत हो । तर, यो उनको दोस्रो गीत हो । पहिलो गीत रेकर्ड भएको छैन । 

‘प्रेम सुन्दर कुरा हो,’ उनी भन्छन् । वीरेन्द्र यो म्युजिक भिडियोले युवा पुस्ताका धेरैको मन छुने बताउँछन् । गायक तथा कम्पोजर अजर जङ्गम यो सङ्गीतमा नवीन बिट भएको दाबी गर्छन् । उनका अनुसार पश्चिम सङ्गीत र लोक आलापको मिश्रणले यो गीतलाई फरक स्वाद दिएको छ ।

वीरेन्द्र सानैदेखि साङ्गीतिक क्षेत्रमा छन् । उनले आफू ७ वर्षको उमेरदेखि मादल बजाउनमा सक्रिय रहेको तथा पन्ध्र वर्षदेखि ड्रम वादक बनेको बताएका छन् । यो गीतको एरेन्जर गोपाल रसाइली हुन भने भिडियो सम्पादक अधिनायक एम शेरचन हुन् ।

प्रतिक्रिया