अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४३ | Colorodo: 05:58

बिधुवा गीत संग्रह सार्वजनिक

बिआरटीनेपाल २०८० पुष १० गते २१:०४ मा प्रकाशित

कोलोराडो । सर्जक बिर्ख गुरुङले बिधुवा गीत संग्रह सार्वजनिक गरेका छन् । आफ्नो एकल रचनामा वरिष्ठ साहित्यकार ज्ञानेन्द्र गदालको प्रमुख आतिथ्यमा गुरुगले उक्त बिधुवा गीत संग्रह सार्वजनिक गरेका हुन् ।

नौ वटा गीत रहेको सो गीति संग्रहमा चर्चित गायक गायिका कुशल राई, मेलिना राई, शिव परियार, राजु लामा, किरण गजमेर लगायतले स्वर दिएका छन् ।

गीतकार गुरुगले बुबाको मृत्युपछि आमालाई समर्पण गरी सो गीति संग्रह सार्वजनिक गरेको बताए । श्रीमानको मृत्युपछि उनको मायाको प्रतीक हातको चुरा फुटाउने, पोते चुँडाइने र सिन्दूर पुछ्ने जस्ता आमाको वेदनाको अनुभवलाई गीतमार्फत सार्वजनिक गरेको बताए ।

उक्त गीति संग्रह सार्वजनिक कार्यक्रममा भोइस अफ नेपालका विजेता किरण गजमेरले बिधुवा गीति संग्रहमा रहेका गीत प्रस्तुत गरेका थिए भने विभिन्न नृत्य तथा मनोरजन्का प्रस्तुतीहरु समेत प्रस्तुत गरिएका थिए ।

नौ वटा गीत रहेका बिधुवालाई सुमित्रा गुरुगले लगानी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू