अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०४ | Colorodo: 03:19

कोलोराडोमा ११५ औँ देवकोटा जयन्ती सम्पन्न

बिआरटीनेपाल २०८० मंसिर १७ गते १०:१० मा प्रकाशित

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, कोलोराडो शाखाको आयोजनामा ११५ औँ देवकोटा जयन्ती भब्यरुपमा सम्पन्न भएको छ । यही डिसेम्बर महिनाको २ तारिखमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भूपाल राइको प्रमुख आतिथ्यता र नेपाल प्रज्ञा प्रतिष्ठान, क़ाब्य विभाग प्रमुख बाबा बस्नेत तथा अनेसास केन्द्रका पूर्व महासचिव ॠषवदेव घिमिरेको सम उपस्थितिमा कोलोराडोको हाम्डन स्थित याक एन्ड यती चमेना गृहमा साहित्यिक अनुरागीहरूको बाक्लो उपस्थितिका बिच निकै उत्साहका साथ सम्पन्न भएको छ ।

नेपाल भाषा पाठशालाका भाइ बहिनीहरूबाट नेपाली र अग्रेजी राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा अनेसास कोलोराडोका पदासीन कार्यसमितिद्वारा पाहुनाहरूलाई विशेष सम्मान तथा महाकवि देवकोटाको तस्बिरमा पुष्प अर्पण गरी उपस्थित माहानुभावहरुले श्रदाभाव व्यक्त गरेर मनाइएको थियो ।

शाखाका अध्यक्ष राजु सिटौलाको सभापतित्वमा भएको कार्यक्रममा विओटि सभापति पदम विश्वकर्माले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय भूपाल राई र काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेतको साहित्यिक योगदान र नेपाली साहित्यको विकास बिस्तारमा वहाँहरूको भूमिकाबारे उल्लेख गरेका थिए साथै मन्तव्यको क्रममा कवि तथा गीतकार ज्ञानेन्द्र गदालले आफ्नो रचना सहित पहुनाहरु बारेमा आफ्नो भनाइ अभिव्यक्त गरेका थिए ।

विशेष अतिथि माननीय कुलपति भूपाल राईको हातबाट प्राज्ञ बाबा बस्नेत र अनेसासका पूर्व केन्द्रीय सदस्य ॠषवदेव घिमिरेलाई अनेसास कोलोराडो शाखाले सम्मान पत्र प्रदान गरेको थियो भने अनेसासमा आजीवन सदस्य बन्नु भएका साहित्यिक मनहरूलाई सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो जसमा गंगा अभिलाषी, सञ्जय शाक्य, उपेन्द्र घिमिरे, डा. शारदा त्रिपाठी काफ्ले, विकास आचार्य, विष्णु पौड्याल र बिर्ख गुरुङ थिए भने अनेसास विशेष पुरस्कारको लागि २००० डलरको धनराशि प्रदान गर्नु हुने अलस्टेट बिमा कम्पनीका सुनिल पाठकलाई आभार पत्र समेत प्रदान गरिएको थियो । सुनिल पाठकको अनुपस्थितिमा आभार पत्र निशा पाठकले लिएकी थिइन ।

प्रमुख अतिथिको रूपमा रहेका माननीय कुलपति राईले श्रम संस्कृतिले अमेरिकाको विकास भएको, भाग्यवादी संस्कृतिले नेपाल पिछडिएको र नेपालले श्रम संस्कृतिलाई सिक्नु पर्ने धारणा राखेका थिए साथै देवकोटाको “के नेपाल सानो छ “को प्रसङ्गमा अब राष्ट्रियताको सिमाना देशको भूगोल भित्र मात्र सीमित नभएर नेपाल बाहिर पनि उत्तिकै सशक्त रहेको दृष्टिकोण राखेका थिए साथै अनेसासको गतिविधिले नेपाली भाषा र साहित्यमा गरेको विकास बिस्तारको अभियानलाई प्रज्ञा प्रतिष्ठानले जोडने आशय व्यक्त गरेका थिए । साथै नेपाली घरका अध्यक्ष जगदीशचन्द्र ढकालको नेपालमा ॐ शब्द हटाएको भन्ने प्रश्नको उत्तरमा कुलपतिले यो भ्रम हो हटाइएको छैन भनेर उत्तर दिएका थिए ।

अनेसास कोलोराडो शाखाका महासचिव किरण अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा आफ्नो रचना सहित प्राज्ञ बाबा बस्नेतले अनेसासले साहित्य माथि निर्वाह गरेको भूमिका र प्रतिष्ठान सधैँ सहयोगी रहने बिचार व्यक्त गरेकी थिइन भने पुष्पराज अधिकारी, ॠषवदेव घिमिरे, साबु गदाल, खगेन्द्र दाहाल र भूपेन्द्र महतले आफ्नो रचना वाचन गरेका थिए साथै मनोजकाजी तुलाधरले देवकोटाद्वारा रचित गीत गाएका थिए ।

कार्यक्रमको भिडियो
https://fb.watch/oIsdsbDgGH/
https://fb.watch/oIsgmDf9I9/

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू