अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१० | Colorodo: 17:25

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ माघ २० गते ११:५० मा प्रकाशित

नेपलिज स्टुडेन्ट एसोसिएसन, सि यु बोल्डर र ब्लड डोनर्स अफ अमेरिकाको संयुक्त आयोजनामा हिजो फेब्रुवेरी २ शनिवारको दिन कोलोराडोको बोल्डर सहर स्थित बोन फिल्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । 

रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोन फिल्ड बल्ड सेन्टर बोल्डरमा सम्पन्न रक्तदानमा जम्मा १२ जना महानुभावहरूले सहभागिता जनाए पनि ८ जनाले मात्र रक्तदान गरेका थिए । 

समीक्षा थापा र कृतिमा सैजुले पहिलो पटक रक्तदान गरेका थिए । नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमान्डौ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकाको ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको छ । 

रक्तदान गर्नेहरुमा लुना लुइटेल, भुपेन्द्र महत, मणि बस्नेत, रुक प्रछाइ, निराकरण मल्ल, समीक्षा थापा र कृतिमा सैजु छन् । रक्तदानको लागि आएका रक्षा श्रेष्ठ, कुशलता सुबेदी, सलीला अर्याल, प्रतीक श्रेष्ठले विविध कारणले रक्तदान दिन पाएनन् । कार्यक्रममा ब्लड डोनर्स अफ अमेरिका कोलोराडो संयोजक श्रीराम लुइटेल र ब्लड डोनर्स अफ अमेरिका बोर्ड मेम्बर टिका पौडेल तथा माउन्टेन क्षेत्रका क्षेत्रीय संयोजक भूषण श्रेष्ठको उपस्थिति थियो । 

प्रतिक्रिया