अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१२ | Colorodo: 00:27

कोलोराडोमा मार्च ९ तारिख महिला दिवस मनाउने

बिआरटीनेपाल २०८० पुष २३ गते २१:२४ मा प्रकाशित

कोलोराडो । प्रत्येक वर्ष मार्च ८ तारिख अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरका महिलाहरूले महिला अधिकार, महिला समानता र महिला सशक्तीकरणको नारा सहित धुमधामसंग मनाउने गर्दछ।

यसै सन्दर्भमा कोलोराडोका गैर पक्षीय महिलाहरूको समूहको आइतबार बसेको विशेष बैठकले मार्च ९ तारिख शनिवार, डेनभर, कोलोराडोमा अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम भव्यताका साथ आयोजना गर्ने निर्णय गरेको छ । साथै १४ सदस्यीय कार्यक्रम आयोजना तयारी समिति पनि बैठकद्वारा गठन गरिएको छ । समितिका सदस्यहरूमा सृजना भट्ट, सरिता प्रधान, स्मृति श्रेष्ठ प्रधान, समिका ड्रिस्कोल, दीप्ति आचार्य, विभा अर्याल निरौला, सुनन्दा डंगोल, प्रकृति जोशी, अस्मिता केसी, गृष्म गौतम, उर्वरा बराल, सृस्‍टि उप्रेती, सविता श्रेष्ठ र सुनिता दाहाल हुनुहुन्छ ।

कोलोराडोका सम्पूर्ण महिलाहरूलाई संलग्नता गराई विभिन्न स्थानीय सङ्घ संस्थाहरूको सहयोग र सहभागितामा कार्यक्रम आयोजना गर्ने समितिले अपेक्षा राखेको छ ।

बैठकमा समाजको आदरणीय अग्रज दिदी तथा सङ्खुवासभा कम्युनिटी अफ यूएसएका अध्यक्ष शान्ति श्रेष्ठले महिलाहरूलाई अंग्रेजी नयां वर्ष २०२४ को शुभकामना दिनु हुँदै स्वागत गर्नु भएको थियो । त्यसै गरी संयोजक शर्मिला शर्माले उपस्थित महिलाहरूलाई समूह स्थापनाको उद्देश्य र भावी कार्ययोजना बारे जानकारी दिनु भएको थियो । बैठक सरिता गुरुङले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू