अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१६ | Colorodo: 04:31

अमेरिकामा सरस्वती पूजा सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०८० फागुन ६ गते ९:४२ मा प्रकाशित

कलोराडो । यस वर्षको सरस्वती पूजा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको प्राङगनमा भव्य रूपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज कलोराडो शाखाको आयोजनामा गरिएको उक्त कार्यक्रम बिधिबत रूपमा पूजा र सरस्वतीको बन्दना गरी बाक्लो जन समुदायको समुपस्थितमा मनाइएको छ । नेपाली भाषा पाठशालाका गुरु तथा गुरु आमाहरू धन पौडेल, हरिभक्त आचार्य, प्रतिभा शर्मा, राधा लामिछाने, दिल कुमारी श्रेष्ठ, रन्जु आचार्य, पूजा आले, सविता श्रेष्ठ र रिता ज्ञवाली सहित बाल बालिकाको उत्साहजनक उपस्थितिमा गुरु जीवन बरालद्वारा सरस्वतीको पूजा र अर्चना स्वस्ति वाचन गरी शुभारम्भ गरिएको थियो भने गुरुआमाहरूबाट बाल बालिकाले प्रसाद र टिका ग्रहण गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा बाल बालिकाबाट विविध सांस्कृतिक कार्यक्रमद्वारा मनोरञ्जन गराएका थिए । एरिका अधिकारीद्वारा सन्चालित कलोराडोमा भएको यो कार्यक्रम बाल बालिकाहरू मात्र समावेश भएको कार्यक्रम थियो । बाल प्रतिभाको प्रस्तुति र सञ्चालनबाट धेरै नेपाली बाल बालिकाहरू परदेशमा रहे पनि नेपाली पन र कला संस्कृतिसँग नजिक हुने विश्वास गरिएको छ । जसमा माया ज्ञवालीले पियानोमा नेपाली राष्ट्रिय गान, रियान पौडेल, अग्रिम घिमिरे, अभिक अधिकारीद्वारा “मै हुँ नेपाली बाबु “बोलको आकर्षक नृत्य, रचित रेग्मी र असिम पौडेलको कविता वाचन, संवृद्धि सिग्देलको “घिन्ताङ घिन्ताङ “बोलको गीतमा नृत्य ,प्रियन्का श्रेष्ठको “बालापनको उमेर “बोलको गीतमा नृत्य, एरिका अधिकारी रिकिता पौडेल स्विकृता सिग्देलको नृत्य, आँचल सापकोटा र अग्रिम पौडेलद्वारा सरस्वती पूजाको महत्वको जानकारी, तेजस र तनुज चौलगाइको सामान्य ज्ञानको प्रस्तुति, रुशित रेग्मीको गीत गायन र प्रियान्का श्रेष्ठ आश्रिता कटुवाल आरती कटुवाल र परी श्रेष्ठद्वारा अभिनीत लघु नाटक समावेश थिए ।

नेपाली भाषा पाठशालाका बिद्यार्थीहरुलाई यो समरमा नेपाली म्युजिक समूहले नि शुक्ल सङ्गीत प्रशिक्षण गरिने कुराको जानकारी समेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू