अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 22:01

अमेरिकामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७६ वैशाख १४ गते १७:३६ मा प्रकाशित

अरोरा हिमालय लायन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा अप्रिल २७ शनिवारको दिन कोलोराडोको डेनभर शहर स्थित बोनफिल्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोनफिल्ड बल्ड सेन्टर डेनभरमा सम्पन्न रक्तदानमा जम्मा २१ जना महानुभावहरूले सहभागिता जनाए पनि १५ जनाले रक्तदान गरेका थिए भने अन्य ६ जनाले विविध कारणले रक्तदान दिन पाएनन । 

सुनिता अधिकारी, लीला कार्कीले पहिलो पटक रक्तदान गरेका थिए । नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमान्डौ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकाको ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको ब्लड सेन्टरले बिआरटी नेपाललाई जानकारी दिएको छ । 

रक्तदानको लागि आएकाहरूमा टिका पौडेल, मनिष ढकाल, बिकिता सापकोटा, पदम विश्वकर्मा, देबाश्री बस्याल, प्रदिप सापकोटा, देबी आचार्य, अलुला आर्या, सिलसिला कार्की, दिपक सुनुवार, कपिल सुबेदी र शैलेश पोखरेल छन् । न्युयोर्कबाट बिआरटी नेपालले राखेको एनआरएन डिबेट कार्यक्रमको लागि आएका एनआरएनए अध्यक्ष उम्मेदवार सञ्जय थापाले पनि रक्तदान गरेका थिए । अर्को पटकको रक्तदान २०१९ को अगस्त महिनामा गरिने भएको छ । 

कार्यक्रममा आयोजकको तर्फबाट ब्लड डोनर्स अफ अमेरिका कोलोराडो रिजनल कोअर्डीनेटर भुषण श्रेष्ठ, ब्लड डोनर्स अफ अमेरिका सल्लाहकार पदम विश्वकर्मा र एनआरएनए अध्यक्ष उम्मेदवार सञ्जय थापाले रक्तदाताहरुलाई प्रमाण पत्र तथा पिन वितरण गरेका थिए । कार्यक्रममा सुरेन्द्र अधिकारी, रश्मि अधिकारी, तिर्थ बर्मा, शान्ती बि के, श्रीराम लुइटेल, भूषण लाल श्रेष्ठ र न्यु योर्क निवासी एनआरएनए कोषाध्यक्ष उम्मेदवार रविन बज्राचार्यको उपस्थिति थियो ।

 

प्रतिक्रिया