अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२९ | Colorodo: 06:44

कोलोराडोमा माघे संक्रान्ति पर्व सम्पन्न (फोटो फिचर)

बिआरटीनेपाल २०८० पुष २९ गते ९:५२ मा प्रकाशित

कोलोराडो । मगर संघ कोलोराडो च्याप्टरले पहिले पटक कोलोराडोमा माघे संक्रान्ति पर्वलाई हिजो शनिबार उत्साहजनक रूपमा मनाएको छ । नेपाली तथा अमेरिकन राष्ट्रिय गानबाट कार्यक्रमको सुरुवात भएको थियो भने ज्येष्ठ नागरिक जगनलाल थापामगरले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा मगर मौलिक भेषभुषामा सजिएर आफ्नो पहिचान र संस्कृतिलाई जीवन्त राख्न चिसो मौसममा पनि कार्यकम सभ्य र भब्यरुपमा सम्पन्न भएको छ । नेपाली कला र संस्कृति एक सूत्रमा आबद्ध राख्न विदेशमा रहेर पनि नेपालीहरूले यस्ता परम्परागत कार्यक्रमलाई आयोजना गर्दै आएका छन् ।

स्वादिष्ट भोजनको साथमा नेपाली सांस्कृतिक केन्द्र (नेपाली घर) वेष्टमिनिस्टरमा विविध सांस्कृतिक कार्यक्रम सहित आयोजित उक्त कार्यक्रमको सभापतित्व मगर संघ कोलोराडो च्याप्टरका अध्यक्ष कृष्ण थापा मगरले गरेका थिए । प्रमुख अतिथि मगर संघ अमेरिकाको केन्द्रिय कमिटिको सल्लाहाकार लछुमन राना तथा विशेष अतिथि कोलोराडो मगर संघका ज्येष्ठ नागरिक जगनलाल थापामगर र चर्चित लोक गायिका मुना मगर थापा रहेको सो कार्यक्रममा नेपाली समुदायका विभिन्न संघ संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो । कार्यक्रममा आर्थिक सहयोग प्रदान गर्नु हुने सहयोगी मनहरूलाई सम्मान पत्र र खादाद्वारा सम्मान गरिएको थियो ।

दुई चरणमा विभक्त यस कार्यक्रमको पहिलो भागमा स्वागत र आसन ग्रहणको कार्यक्रम गर्नुको साथै कार्यक्रममा संयोजक तथा मगर संघ अमेरिका कोलोराडो च्याप्टर उपाध्यक्ष किसम थापाले स्वागत मन्तव्य, अन्जु थापा मगरले स्वागत गीत तथा शालीन राना मगरले स्वागत नृत्यको प्रस्तुत गरेका थिए । मगर संघ अमेरिका केन्द्रीय समितिका उपाध्यक्ष तथा प्रतिनिधि टेक बहादुर थापा मगरले सम्पूर्णलाई माघे संक्रान्तीको शुभकामना दिएका थिए ।

अर्को भागमा नेपाली मौलिक लोक नाच र गायनद्वारा मनोरञ्जन गरिएको थियो । नेपाली चर्चित लोक गायिका मुना थापा मगरको विशेष प्रस्तुति रहेको उक्त कार्यक्रममा नेपालको पश्चिम भेकको सैलेजो नृत्य, सोलु नेपाली लोक प्यारोडी डान्समा अभ्यास र अनिशा, कौराह डान्समा कमला सोनु र सालीना तथा आधुनिक नृत्यमा सिल युनिक र सचिनको प्रस्तुति रहेको थियो ।
भिडियो भाग 1 (click here)
भिडियो भाग 2

लाइभ कौडा समेत समावेश हुँदा उपस्थित दर्शकहरू पनि नृत्यमा झुमेका थिए भने कार्यक्रमको अन्तमा खुल्ला नृत्यको लागि मञ्च खुल्ला गरिएको थियो । कार्यक्रमको सञ्चालन उपेन्द्र रानाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू