अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

कोलोराडोमा स्व. भक्तराज आचार्यको स्मरणमा श्रद्धाञ्जली सभा सम्पन्न

बिआरटीनेपाल २०८० फागुन २२ गते ६:४४ मा प्रकाशित

संयुक्त राज्य अमेरिकाको कोलोराडोमा नेपाली सुगम संगीतका सर्जक, भजन शिरोमणी तथा गायक स्वर्गीय भक्तराज आचार्यको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । गायक तथा संगीतकार मनोजराज सिवाकोटी र गीतकार ज्ञानेन्द्र गदालको संयोजकत्वमा आयोजित कार्यक्रममा बाक्लो संख्यामा नेपाली संगीत प्रेमिहरुको उपस्थिति रहेको थियो।

आयोजित कार्यक्रममा स्व. आचार्यका ‘जहाँ छन बुद्दका आँखा’,’एक दिन मैले प्रभू सँग सोधे’ ,’माया मेरी डोली चढि’ ,’माया भनु त घात छ’ ,’हजार सपनाहरुको’, ‘जती चोट दिन्छ्यौ देउ मायालु ‘, ‘यती सम्म प्रिती गरी रहे’ र ‘तन मन वचनले’ लगायतका गीतहरु प्रस्तुत गरिएको थियो ।

सो अवसरमा संगीतका अनुरागीहरुले स्व. आचार्यसंगका प्रसंगहरु उल्लेख गर्दै नेपाली संगीतमा उहाँले पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए । नेपाली अजर अमर सङ्गितका साधक स्व. आचार्यप्रति brtnepal.com हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछ ।

 

प्रतिक्रिया