अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१४ | Colorodo: 05:29

अनेसास केन्द्रीय महिला समितिको १११ औँ विश्व नारी दिवस कार्यक्रम सम्पन्न

आचार्य प्रभा २०७७ फागुन २३ गते २१:०६ मा प्रकाशित

कोलोराडो । आज मिति मार्च ७ तारिक आइतबारका दिन अनेसास महिला केन्द्रीय समितिको आयोजकत्वमा १११ औँ विश्व नारी दिवसको अवसर पारेर संसारभर छरिएर रहनु भएका सम्पूर्ण साहित्यानुरागी/ अग्रज कवि, कवयित्री तथा अनेसास भित्रकै प्राय सबै च्याप्टरका सदस्यहरूलाई समेटेर जुम लिङ्क मार्फत रचना वाचनको आयोजना अनेसास केन्द्रीय महिला समितिले सम्पन्न गरेको छ ।

कार्यक्रम सञ्चालनमा महिला समितिकै संयोजक उर्मिला निर्दोषी हुनुहुन्थ्यो भने कार्यक्रमको पहिलो चरण मिजोरी च्याप्टरका अध्यक्ष अञ्जना न्यौपानेले आफ्नो मिठो कविताबाट सम्पूर्ण श्रष्टाहरुलाई स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथिहरू बोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्री र अतिथिमा वर्तमान अनेसास केन्द्रीय अध्यक्ष प्रकाश माईला पौडेलले शुभकामना मन्तव्य ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा विशेष अतिथिहरुमा सीता पाण्डे, (जो उपस्थित हुन सक्नु भएन) नेपालबाट अग्रज साहित्यकार/कवयित्री कुन्ता शर्मा, साहित्यकार लीला लुईंटेल हुनुहुन्थ्यो भने वहाँले छोटो मन्तव्य पनि दिनु भएको थियो ।

रचना वाचन गर्नुहुनेहरुमा नेपाल च्याप्टरकी वर्तमान अध्यक्ष सन्ध्या पहाडी र नेपालबाट नै अन्य नारी श्रष्टाहरुले पनि उपस्थित भएर आ-आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो । त्यस्तै गरी भारत, सिक्किम र विश्वभरबाट नै आजको यस कार्यक्रमको शोभा बढाउन सबै नारी श्रष्टा लगायत, पुरुष श्रष्टाहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा लगभग ४६/४७ जना श्रष्टाहरुले रचना पाठ गर्नु भएको थियो भने उक्त रचनाहरूमा नारी विषयमै केन्द्रित भावहरू थिए । अनेसास केन्द्रीय महिला समितिले यो कार्यक्रम गर्नुको मुख्य नारा “महिला नेतृत्वमा कोभिड १९ जगत् र विश्वमा समान भविष्यको प्राप्ति “को स्लोगनलाई आत्मासात गरेर यो वर्षको विश्व नारी दिवसलाई विश्वभर छरिएका नारीहरूमा पनि अझ आत्मविश्वास जगाउन र यस्तो कष्टप्रद समयमा पनि नारीहरू आ-आफ्ना क्षेत्रमा सक्रिय छन् भन्ने जनाकारी दिनलाई यो साहित्यिक कार्यक्रमबाट आव्हान गरिएको हो ।

अनेसास केन्द्रीय महिला समितिको यो साहित्यिक कार्यक्रम भब्यताको साथ सफल भयो । उक्त कार्यक्रमको प्रविधिमा पुरु सुबेदीले सहयोग गर्नु भएको थियो भने कार्यक्रम लाइभ प्रसारण गर्ने जिम्मेवारी मिडिया गोर्खाली भोईसले लिएको थियो ।