अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

तिमी प्रेम हौ -ओशो

शालिकराम घले २०८० माघ २० गते २१:४३ मा प्रकाशित

कविता

यो चिसो मौसम,
तिम्रो यादको न्यास्रोपन
प्रेमको आलिङ्गन झैँ
घामको यो रापिलो न्यानोपन!!
भनन,
खै कस्तो खालको प्रेम हो यो?
तिम्रो वाणीमा बगी दिन्छु
तिम्रो ध्यानमा हराउँछु
प्रेम र ध्यानको बीज रोपेर
पागल उपमा नौलो पाएको छु!!

जाडोमा राप बनी दिन्छौ
गर्मीमा लहर बनी फिर्छौ
हर-पल,हर-क्षण
शुद्ध-भाव बनी
शरण गतिको
छाया हुन्छौ!!

नव सन्यासीको
माला दियौ,
जीवन जिउने
कला सिकायौ,
मरुभूमि झैँ लाग्ने त्यो दुनियाँलाई
मधुशालाको मञ्च चिनायौ!!

तिमि अमिट प्रेम हौ-ओशो,
तिमि गहन याद हौ-ओशो,
जीवनको मेरो
तिमी नुर हौ- ओशो!!
बतासिदै-बतासिदै उडीरहु झैँ
नादको सुमधुर
ध्वोनी हौ- ओशो!!
यसैले त,
हुस्सु कुहिरो छैन अब
आफै भित्र नाचिरहेछु
ओशो!! तिम्रो प्रेममा
बर्सात झैँ भिजी रहेछु!!