अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४२ | Colorodo: 02:57

नारी दिवसको शुभकामना

आचार्य प्रभा २०८० माघ २४ गते १५:१६ मा प्रकाशित

छोटो कथा

नारी दिवस मनाउन भेला भएका नारीहरू नै एकार्काका बिरोधासका वाक्यहरू ओकली रहेको सुनेर उक्त भेलामा आएका अतिथि पुरुषले मनमनै सोच्यो । – “जे गरेछु, मैले ठिकै गरेछु। बुढीलाई नारी दिवस मनाउन तिमी जस्ता मध्यम वर्गीय नारीहरूलाई जरुरी छैन । बरु ती पीडित नारीहरूलाई त्यही दिन घरैमा भेला गर अनि सबैलाई भन। म महिनाको हरेक शनिवार तँपाईहरुलाई कहिले पाक शिक्षा, कहिले शिल्पकलाको शिक्षा, कहिले पढ्न, लेख्न सिक्ने, कहिले आफूले जानेका कुनै पनि प्रतिभा छ भने देखाउने अनि अरूलाई पनि सिकाउने भन्ने योजना बनाऊ। ती निरीह नारीहरूको पनि कल्याण हुन्छ । सही नारी दिवसको महत्त्व त्यसैमा हुन्छ।” भनेर ।

कार्यक्रम सञ्चालन भयो ती भद्र अतिथि पुरुषले भद्रताको साथ मन्तव्यमा भने । -“नारी घरकी शृङ्गार हुन्, माया, सहनशीलता, सद्भावकी खानी हुन्, धर्तीमाता हुन् । यहाँहरूमा पनि त्यस्तै आभूषण ईश्वरले दिनु भएको छ भन्ने आशा छ । यहाँहरूको सौम्य, शिष्ट र सद्भावपूर्ण सम्बन्धको सधैँ कामना गर्छु। नारी दिवसको यहाँहरूलाई शुभकामना।

(वासिङ्टन डिसी)