अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१५ | Colorodo: 09:30

साउदीमा ६ महिनामा १४७ नेपालीको मृत्यु

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:३६ मा प्रकाशित

साउदी अरेबियामा ६ महिनामा १४७ नेपालीको मृत्यु भएको छ। रोजगारीका लागि साउदी अरेबिया पुगेका नेपालीको विभिन्न कारणले मृत्यु भएको हो। नेपाली दूतावास स्रोतका अनुसार कात्तिकदेखि चैतसम्म १४७ जनाको मृत्यु छ । साउदीको धेरै प्रक्रिया तथा नियम रहेको र मृतकको इन्स्योरेन्स रकम उपलब्ध गराउने भएकाले शव ल्याउन करिब १ महिना लाग्ने बताइएको छ। आत्महत्या केसमा अवस्था हेरि ३ महिनासम्म लाग्ने स्रोतले बताएको छ। नियोग उपप्रमुख डमरुबल्लभ पौडेलले हाल साउदीमा मदिरा ओसारपसार तथा विभिन्न कारणले ६ सय १५ नेपाली जेलमा रहेको बताउनुभयो।

कामदारहरूले विभिन्न कारणसहित समाधानको लागि नेपाली दूतावास रियादमा गुनासो पठाएका छन्। श्रम सहचारी देवेन्द्र कार्कीका अनुसार गत कात्तिक २०८० देखि मोबाइल वाट्सफ मार्फत २२०३ , इमेल मार्फत २०३० र अनलाइन लिंक मार्फत ९० जना गरी नेपाली दूतावास रियादमा हालसम्म ४ हजार ३ सय ३६ नेपालीहरूको गुनासो प्राप्त भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू