अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१५ | Colorodo: 00:30

देशमै बसी केही काम गर्ने

समीर आचार्य २०८० पुष १७ गते ८:०७ मा प्रकाशित

देशमै बसी केही काम गर्ने
छैन माहौल
विदेश गई परिवार पालु
पर्‍यो यो हाल
यिनीहरूकै देश रहिछ, यिनीहरूकै राज
एक्लो पारी ज्यान यो लिए, साथीहरूको माझ

मेरै रेमिटेन्सले इनको भर्ने थिए झोला
हे भगवान् मेरो परिवारको हालत अब के होला ?
इनी शासक यो देशका कति भक्षक हुने
नेपाली मनको यो पिडाले, कहिले इन्लाई छुने ?

हिजो मारे बा आमा इन्ले, मारे मलाई आज
हाम्रै लासमा उभिएर, गर्छौ कति राज ?

देशमै बसी केही काम गर्ने
छैन माहौल
विदेश गई परिवार पालु
पर्‍यो यो हाल
यिनीहरूकै देश रहिछ, यिनीहरूकै राज
एक्लो पारी ज्यान यो लिए, साथीहरूको माझ

जुन लासमा टेकी इनको, बढ्या खोक्रो मान
यही आशुको श्रापमा इनको, ढल्ने छ त्यो सान
देश जनता हामी गरिब, इनी मात्र धनी ?
जाग्नेछिन् नेपाल आमा अब, छिट्टै काली बनी

होस गर हे दानव हो, अन्त्य टाढा छैन
त्यो इन्को कालो दिन हेर्ने, अब मैले पाइन

देशमै बसी केही काम गर्ने
छैन माहौल
विदेश गई परिवार पालु
पर्‍यो यो हाल
यिनीहरूकै देश रहिछ, यिनीहरूकै राज
एक्लो पारी ज्यान यो लिए, साथीहरूको माझ
एक्लो पारी ज्यान यो लिए, साथीहरूको माझ