अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०३ | Colorodo: 01:18

प्रहरीले ‘मानसिक समस्या भएका’ बंगाली युवालाई गोली हानेर मारेको दर्दानक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०८१ वैशाख २१ गते २२:४८ मा प्रकाशित

‘सुरुदेखि नै प्रहरीले अपमानजनक भाषा प्रयोग गरेका छन जुन भाषा विनजस्तो मानसिक स्वास्थमा समस्या भएका मानिससँग कुराकानी गर्दा प्रयोग गर्नु हुँदैन थियो।’

बिआरटि नेपाल संवाददाता
न्यू योर्क। एनवाइपिडीका दुई अधिकृतले ‘मानसिक समस्या भएका’ बंगाली युवालाई गोली हानेर मारेको दर्दानक भिडियो सार्वजनिक भएको छ। न्यू योक स्टेट एटर्नी जनेरल लेटिसिया जेम्सले बंगाली मूलका १९ वर्षिय विन रोजारियोलाई प्रहरीले गोली हानी मारेको भिडियो सार्वजनिक गरेको हो।

भिडियो सार्वजनिक भएलगत्तै मृतकका परिवार थप आहत बनेका छन्। उनीहरुले भिडियो प्रहरी आएर हत्या नगरेको भए विन अझ जीवित हुने भन्दै तत्काल कारवाहीको माग गरेका छन्। ‘ भिडियो सार्बजनिक नभए हुन्थ्यो भन्ने हाम्रो चाहना थियो,’ विनको परिवार र सहयोगी संस्थाहरुले सार्बजनिक गरेको आकस्मिक प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘प्रहरी आफैँले बखेडा खडा गरे र विनको हत्या गरे। ती प्रहरिलाई तत्काल बर्खास्त गरि हत्याको अपराधमा कारवाही गरिनुपर्छ।’

‘भिडियो फुटेजले प्रहरी आएर कसरि एकपक्षीय रुपमा पटक पटक अबस्था भड्काउन प्रयास गरे र संकट सिर्जना गरे भन्ने देखाउँछ। प्रहरीले विन र उनको परिवारसँग कुरा गर्ने वा आफूले खडा गरेको संकट मत्थर पार्नै कुनै प्रयास गरेका छैनन। उनीहरुले रुखो आदेश दिने, टेजर र गोली हान्ने काम मात्र गरेका छन्।’

विनलाई एनवाइपिडी अधिकृत साल्भाटोर एलंगी र म्याथ्यु सियानफ्रोकोले गत मार्च २७ मा गोली हानी मारिदिएका थिए। उनलाई मारेको भिडियो फुटेज प्रहरीको बडि क्यामेराले खिचेको थियो। भिडियो सार्वजनिक भएपछि विनको परिवार, जस्टिस कमिटि तथा देसिज राईजिङ अप एण्ड मुभिङका तर्फबाट विनको परिवारका प्रतिनीधि, र फ्यामिली एटर्नीले संयुक्त रुपमा आकस्मिक प्रेस विज्ञप्ति जारी गरेका हुन्।

जस्टिस कमिटीका एक्जकेटिभ डाइरेक्टर लोयडा कोलोनले ‘‘फुटेज भयंकर डरलाग्दो छ–नियतवश मारिएको हो’ भन्ने प्रतिक्रिया दिए। ‘फुटेज भयंकर डरलाग्दो छ–नियतवश मारिएको हो,’ उनले भने, ‘सुरुदेखि नै प्रहरीले अपमानजनक भाषा प्रयोग गरेका छन जुन भाषा विनजस्तो मानसिक स्वास्थमा समस्या भएका मानिससँग कुराकानी गर्दा प्रयोग गर्नु हुँदैन थियो।’ उनले एनवाइपीडिले विन मारिए लगत्तै झुटो बोल्न थालेको र त्यसलाई भिडियो फुटेजले प्रष्ट पारेको पनि बताए।

‘भिडियो फुटेजले प्रहरी आएर कसरि एकपक्षीय रुपमा पटक पटक अबस्था भड्काउन प्रयास गरे र संकट सिर्जना गरे भन्ने देखाउँछ। प्रहरीले विन र उनको परिवारसँग कुरा गर्ने वा आफूले खडा गरेको संकट मत्थर पार्नै कुनै प्रयास गरेका छैनन। उनीहरुले रुखो आदेश दिने, टेजर र गोली हान्ने काम मात्र गरेका छन्।’ उनले भने, ‘प्रहरीले विनलाई पटक पटक टेजर र गोली हानेर केही मिनेटभित्रै गरेको यो क्रुर हत्या हो। उनीहरु कति क्रुर थिए भने विनको आमा र उनको भाइ नमारिनु चमत्कार हो।’ प्रहरी अधिकृत साल्भाटोर एलंगी र म्याथ्यु सियानफ्रोक्रोलाई तत्काल बेलतवी निलम्बन र बर्खास्त गर्न तथा कानूनी कारवाही गर्न जस्टिस कमिटिले माग गरेको छ। जस्टिस कमिटिले मेयर आडमले उनको प्रशासनले किन एलंगी र सियानफ्रोकोको नाम सार्वजनिक गर्न अस्वीकार गरेको हो भन्ने प्रश्नको जवाफ दिनुपर्ने साथै, उनले यो घटनामा वर्षौंको ढाकछोप र अवरोध खेपेको कावास्की ट्राविक परिवारको नियति नदोहोरिने सुनिश्चितता गर्नुपर्ने माग पनि गरेको छ।

‘आफैँ बखेडा खडा गर्ने र त्यो बखेडालाई भड्काएर हत्या गर्ने एनवाइपिडि विरुद्ध हामी आफ्नो प्रिय मान्छे गुमाएका परिवारसँग कति पटक उभिनु पर्छ?,’ देसिज राईजिङ अप एण्ड मुभिङकी रेसियल जस्टिस अर्गनाइजर सिम्रन थिण्डले प्रश्न गरिन, ‘मानसिक स्वास्थ समस्यामा रहेकालाई आपतकालीन सेवा प्रदान गर्ने अधिकारीहरु प्रहरीभन्दा प्रभावकारी प्रमाणित भइसकेको अबस्थामा न्यू योर्क सिटीसँग त्यस्ता अधिकारीहरु किन छैनन्? न्यू योर्क सिटीले यस्तो दुःखान्त घटनापछि पीडित परिवार र जनमानसलाई गलत प्रोपोगाण्डले प्रभावित पार्नुभन्दा हाम्रा लागि प्रमाणित भएका र बढि प्रभावकारी देखिएका सुरक्षा विधि लागू गर्नु आवश्यक छ।’

‘ढाडमा गोली हानिएको छ। एनवाइपिडिले निर्ममतापूर्वक एकजनालाई मारेको छ भने थप दुई जना मारिनबाट जोगिएका छन्। ती प्रहरी अधिकृतहरुलाई बर्खास्त गरेर कानूनी कारबाही गरिनुपर्छ। यो लाजमर्दाे घटना हो,’ बेल्डक लेभिन एण्ड हफम्यान एलएलपी ल फर्मका डेभिड रन्किनले भने, ‘विन रोजारियोको जीवन समाप्त पार्नुपर्ने कुनै कारण थिएन। मानसिक स्वास्थजन्य समस्या सम्बोधन गर्न प्रहरीलाई सक्षम बनाइएको छैन, यस्ता घटनामा सुरुमा प्रहरी परिचालन गरिनु हुँदैन भन्ने यो भयानक उदाहरण हो।’

एनवाइपिडि प्रहरी अधिकृत साल्भाटोर एलंगी र म्याथ्यु सियानफ्रोकोले मार्च २७, २०२४ मा आफ्नै घरमा रहेका बेला बंगाली मूलका १९ वर्षे विन रोजारियालाइ गोली हानी मारेका थिए। उनलाई घरकै किचेनमा आमा र भाइको अघि मारिएको थियो।

जस्टिस कमिटी सन् १९८० को दशकदेखि न्यू योर्क सिटीमा प्रणालीबद्ध रंगभेद र प्रहरी हिंसाको विरुद्ध प्रतिबद्ध भएर काम गर्दै आएको छ। देसिज राइजिङ अप एण्ड मुभिङ सदस्यहरुको नेतृत्वमा आधारित बुहपुस्ता सम्मिलित कम आय भएका साउथ एसियन तथा इन्डो करेबियन आप्रवासी, कामदार र युवाहरुको अधिकार तथा न्यायका लागि काम गने संस्था हो।

प्रतिक्रिया