अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०६ | Colorodo: 01:21

दुई अध्यक्ष

राकेश कार्की २०७७ माघ ५ गते ८:२६ मा प्रकाशित

कविता

कोही भए पक्ष
कोही भए बिपक्ष
घुमाइ फिराइ रूम्जाटर
फेरि पनि दुई अध्यक्ष

एउटाको एउटा बिचार
अर्कोको अर्को बिचार
दुई अध्यक्षले बनाएको
कस्तो होला सरकार

आफ्नो मान्छे राख्न
मुख्य मुख्य ठाउँमा
फेरि उस्तै झगडा
भागबन्डाको नाउमा

दुई अध्यक्षको बिचमा
कसरी होला विश्वास
दुध दुहुन छोडेर
कसले हाल्ला घाँस

एउटाले दिएको आदेश
अर्कोले कसो गरी खप्ला
जोडिएका दुई शक्ति
कतिन्जेललाई टिक्ला

शक्तिको दाउपेच यस्तै हो
मै खाउँ मै लाउँ भन्ने
सबै तिकडमको लक्ष हो
शक्तिवान प्रधानमन्त्री बन्ने

लस एन्जेलस