अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४६ | Colorodo: 18:01

गठबन्धन

राकेश कार्की २०७९ कार्तिक १९ गते २०:३१ मा प्रकाशित

कविता

न ऊ कम्यूनिष्ट
न ऊ काँग्रेश
छक्काउने झुक्काउने
गठबन्धनको भेष

कुन दलको हो सिद्धान्त
कुनको नीति र बिधिबिधान
अनि कुन दलको हो आदर्श
कस्तो विचारको गठबन्धन

के भो सर्बहारा बर्गको बर्गसङ्घर्षको नारा
खै आस्थाका मुक्ति र परिवर्तन
कहाँ गयो सामाजिक लोकतान्त्रिक पार्टी
केवल सत्ताको लालच भयो गठबन्धन

विचारा जनता छाम्छन् एकातिर
यो त काँग्रेश जस्तो छ भन्छन
अर्कोतिर छाम्दा कम्यूनिष्ट जस्तो लाग्ने
नबुझिने थाहानहुने अचम्मको गठबन्धन

अब दललाई आफैमा बिश्वास नभए जस्तो
खै त्यो एक्लै गर्नसक्ने आँट र स्वाभिमान
केवल दलको नाम अर्कै चुनाव चिन्ह अर्के
मिलीजुली बाँडीचुँडी भागबन्डाको गठबन्धन

अक्टुबर २२, २०२२
लस एन्जेलस