अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२९ | Colorodo: 08:44

वरीयता

राकेश कार्की २०७९ पुष २५ गते १३:१० मा प्रकाशित

कविता

देश र जनताको सेवा गरूँ भने
अब मंत्री बन्न नै गाह्रो छ
किनकी मलाई मेरो वरीयता
प्राण भन्दा नि प्यारो छ

अब उपप्रधानमंत्रीले पुगेन
मुख्य उपप्रधानमंत्री थप्नुपर्यो
जनताको मन जितेका युवाहरुले
यो के के गर्यो के के गर्यो

मंत्री र उपप्रधानमंत्री मज्जाले
पटक पटक भइसकेको थिएँ
पार्टीको माथिल्लो तहको नेतालाई
यो कस्तो असहज परिस्थिति दिए

जनतालाई दिएका आश्वासन छन
के अब सांसदै मात्र खानु
वरिष्ठ ठूलै नेता भइसकेकोले
कनिष्ठको तल कसरी जानु

यो वरीयताले गर्नु गर्यो अब
नयाँ अनुहारलाई अवसर जुर्नेभयो
“नो नट अगेन” सम्झदै यो मनले
वरीयता नमिलुन्जेल कुर्नेभयो

जनवरी १, २०२३
लस एन्जेलस